ghar sansar

नौ महिनामै कार्यालयलाई उत्कृष्ठ बनाउने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका यी हाकिम

khasi

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका ९ महिनादेखि कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत श्याम सिह खड्का । गत वर्ष मंसिरदेखि खड्का केन्द्रको प्रमुख छन् । केही दिन अघि खड्का उप सचिव बढुवा भएका छन् ।

खड्का समान्य जीवनशैलीका छन् । कार्यालयका कर्मचारी, सेवाग्राही सबैसंग समान व्यवहार गर्छन् । कार्यकक्षमा उनी सबैसित मिठो लबज र प्रष्ट रुपमा कुराकानी गर्छन् ।

गत आर्थिक वर्षमा उनी अनुदान वितरणका कार्यक्रमलाई लिएर चिन्तित थिए । वास्तविक किसानसम्म अनुदान पुगाउने चिन्ता उनलाई सबैभन्दा बढी थियो ।

त्यहंी चिन्ताका बीच खड्काले गत आर्थिक वर्षमा कार्यालयले पाएको जिम्मेवारी पूरा गरे ।

गत वर्ष १२ करोड भन्दा बढी अनुदान वितरणका कार्यक्रम थियो । यस वर्ष अनुदान रमको आकार र प्रकृृति दुबै फेरिएको छ । त्यस कारण खड्का यस वर्ष गत वर्षझैं चिन्तित हुनु पर्ने अवस्था हुने छैनन् ।

कैलालीको धनगढीमा बुधबार कार्यालय प्रमुख खड्का एकाएक गत वर्षका सबै वाधा, अवरोध र चिन्ता बिर्सन पुगे ।

कार्यालयको प्रगति बोकेर खड्का दुई दिन अघि धनगढी गएका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा राखेको हो ।

कार्यक्रममा कञ्चनपुरको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरियो । सुदूरपश्चिमका ९ ओटै जिल्लाका मन्त्रालय आवद्ध निकायले प्रगति प्रस्तुत गरेपछि बुधबार भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुर उत्कृष्ठ भएको घोषणा गरियो ।

केन्द्र सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ विज्ञ केन्द्र घोषणा भएपछि कार्यालय प्रमुखले सम्मान सहित प्रशंसा पत्र ग्रहण गरे ।
‘कार्यालय प्रमुखको रुपमा सम्मान र प्रशंसा पाउँदा खुसी नै लाग्यो’ कार्यालय प्रमुख खड्काले भने ।

dirghayi clinic

‘आर्थिक वर्ष २०८१।८२ को वार्षिक समिक्षा समिक्षा गोष्ठीको सुअवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरलाई उत्कृष्ठ प्रस्तुतिका लागि सम्मान गरी उच्च हौँसला प्रदान गर्नु भएकोमा माननीय मन्त्री ज्यू, श्रीमान् सचिव ज्यू, महानिर्देशक ज्यूहरु र सम्पुर्ण भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश प्रति आभार व्यक्त गर्दै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर परिवारमा बधाई दिन चाहन्छु’ कार्यालय प्रमुख खड्काले भनेका छन् ।

कार्यालयका कर्मचारी र सरोवाला सबैको साथ सहयोग केन्द्र उत्कृष्ठ भएर सम्मान पाएको उनले बताए । ‘यो सम्मानमा सबैको साथ सहयोग छ, यसका लागि कार्यालय सबैप्रति ऋणी छ’ उनले भने ।

कार्यालयको वार्षिक प्रगति मूल्याङ्कनका आधारमा केन्द्र उत्कृष्ठ भएको हो । ‘कार्यालयलाई दिइएको जिम्मेवारी अनुसार वार्षिक कार्य सम्पादन मूल्याङ्कन, समीक्षा गोष्ठीमा प्रस्तुतीकरण लगायतको मूल्याङ्कनको आधारमा छनौट गरिएको हो’ कार्यालय प्रमुख खड्काले भने ।

‘गत आर्थिक वर्षभित्र सञ्चालन गरेका कामको मूल्याङ्नको प्रस्तुतिकरणलाई नै आधार मानेर छनौट गरिएको छ ’ उनले भने ।

तत्कालिन पशु सेवा कार्यालय कञ्चनपुरबाट खडकाले सेवा प्रवेश गरेका हुन् । कञ्चनपुरबाट सेवा प्रवेश गरेको २६ वर्षपछि कार्यालय प्रमुख भएका खड्काले कार्यालयलाई उत्कृष्ठ बनाएका छन् ।

उनी पशु चिकित्सा क्षेत्रका सबैभन्दा कनिष्ठ नायब प्राविधिक सहायकबाट सेवा प्रवेश गरेका हुन् । तीन वर्ष कञ्चनपुर बसेका उनी २०६० मा नायब सब्बा भएर एक दशकपछि २०७० मा अधिकृत भएका हुन् ।

जागिरे जीवनको सबैभन्दा बढी समय उनी डोटी पशु सेवा कार्यालय बसेका छन् । डोटीमा उनी झण्डै १२ वर्ष बसेका थिए । डडेल्धुरा पुख्र्यौलीका खड्काले केही समय डडेल्धुरामा सेवा गरेका छन् ।

ललितपुर हरिहर भवनको कृषि प्रचार तथा प्रशिक्षण केन्द्रका बसेका उनी संघीयतापछि प्रदेशमा समायोजन भएर आएका हुन् । खड्का बैतडीबाट सरुवा भएर गत वर्ष कञ्चनुर आएका हुन् । अधिकृत भएर खड्काले कैलालीको धनगढीस्थित तालिम केन्द्रमा पनि काम गरेका छन् ।

मन्त्रालय मातहतका कृषि ज्ञान केन्द्रमध्ये कृषि ज्ञान केन्द्र डोटी उत्कृष्ठ सम्मान पाएको छ । कार्यक्रममा डडेल्धुराको बुढी घटालका किसान उत्कृष्ठ किसान सम्मान गरिएको छ ।

मन्त्रालयका मन्त्री बीर बहादुर थापा सहित अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्रालय आवद्ध कार्यालयले आफ्नो काम र सोको प्रगति प्रस्तुत गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...