ghar sansar

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले प्रधानमन्त्रीसित राख्यो ज्येष्ठ नागरिक बैक स्थापना लगायतका विभिन्न माग

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ज्येष्ठ नागरिक बैक स्थापना लगायतका विभिन्न मागहरु राखेर प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट गरेको छ ।

महासंघको पदाधिकारी र सदस्य सहितको टीमले बालुवाटारमा प्रधानमन्त्री ओलीसित भेटघाट गरी मागबारे ध्यानाकर्षण गराएको छ ।

,orning glory badhai
dirghayi clinic

महासंघका वरिष्ठ उपाध्यक्ष शारदा चन्दका अनुसार भेटघाटमा महासंघका जिल्ला संघको वास्तबिक समस्या, ३० लाख जेष्ठ नागरिकलाई कानुनले दिएको सेवा सुविधा,छुट,हकहित,अधिकार कार्यान्वयन गर्ने लगायतका विषयमा प्रधानमन्त्रीसित भेटघाट गरिएको छ ।

प्रधानमन्त्रीले ज्येष्ठ नागरिकका माग पूरा गर्ने आश्वासन दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...