ghar sansar

विदा नलिई बेदकोटका मेयरको सचिवालयका कर्मचारी थाइलैण्ड

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराका सचिवालयका कर्मचारी कार्यालयबाट विदा नलिई विदेश भ्रमण गएका छन् ।

मेयर बोहराको सचिवालयमा कार्यालयका सहायक कम्प्युटर अपरेटर प्रकाश कलौनी कार्यरत छन् । उनी करार सेवाका कर्मचारी हुन् । उनी एक साता अघि विदा नलिई थाइलैण्ड भ्रमणमा गएका छन् ।

western public academy

कलौनीले आफ्नो भ्रमणबारे कार्यालयलाई केही जानकारी गराएका छैनन् । कर्मचारीले अति आवश्यक काम बाहेक कार्यालयबाट विदा स्वीकृत गरेर मात्रै कार्यालय हाजिर हुन नसक्ने व्यवस्था छ ।

मेयरका सचिवालयका कर्मचारी कलौनीले कार्यालयमा विदाका लागि निवेदन समेत दिएका छैनन् । कर्मचारीले कार्यालय प्रमुखलाई विदाका लागि निवेदन दिएपछि स्वीकृत भएपछि मात्रै विदा पाउने गर्छन् । बेदकोट नगरपालिकाको प्रशासन शाखाले कलौनीको विदा सम्बन्धि निवेदन नभएको जानकारी दिएको छ ।

‘कार्यालय प्रमुखले स्वीकृत गरेपछि विदाको निवेदन प्रशासन शाखामा आउने हो, अहिलेसम्म निवेदन आएको छैन’ प्रशासन शाखा प्रमुख नर बहादुर कार्कीले भने ।

बेदकोट नगरपालिकामा झण्डै डेढ सय कर्मचारी कार्यरत छन् । करार सेवाका कलौनी नगरपालिका अन्य कर्मचारी सरह रजिष्टूरमा दैनिक हाजिरी लगाउँदै आएका छन् ।

बेदकोट नगरपालिकाका सूचना अधिकारी केशवदत्त भट्टले कुनै पनि कर्मचारीले विदा लिएर मात्रै कार्यालय बाहिर जान सक्ने बताए ।

‘कर्मचारीले दुई किसिम विदा पाउँछन्, त्यसमा कही क्याजुअली अर्थात आकस्मिक हुन्छ, त्यसमा कुनै कर्मचारी कार्यालयलाई जानकारी नदिई पनि जान सक्छन्, कार्यालय फर्केपछि निवेदन दिएर विदा स्वीकृत गर्न सकिन्छ’ उनले भने,‘त्यस बाहेक अरु अवस्थामा कार्यालय प्रमुखलाई निवेदन दिएर स्वीकृत भए मात्रै विदा बस्न पाउँछन् ।’

मेयरका सचिवालयका कर्मचारी कलौनीले कार्यालयबाट विदा नलिएको पाइएको सूचना अधिकारी भट्टले बताए । कार्यालयबाट विदा नलिई बस्ने कर्मचारीलाई कारवाहीको व्यवस्था समेत भएको सूचना अधिकारी भट्टले बताए ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले विदा लिएर मात्रै बस्नु पर्ने बताए । ‘कर्मचारीले विदा लिएर मात्रै बस्नु पर्ने हो, यसमा लिएको छैन’ उनले भने । उनले कलौनीले फोनबाट आफू व्यक्तिगत काम विशेषले बाहिर जान लागेको जानकारी भने गराएको बताए ।

बेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्रदेब भट्टले कलौनीको विदेश भ्रमण र विदा लिए नलिएकोबारे कार्यालयलाई केही जानकारी नभएको बताए । ‘वहाँको भ्रमण र विदा सम्बन्धि केही जानकारी छैन’ उनले भने ।

कलौनीले काठमाडौबाट उड्दादेखि थाइलैण्ड ओर्लदासम्मको जानकारी सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । उनी साउन ९ गते काठमाडांैबाट थाइलैण्ड उडेको बताइन्छ । उनले थाइलैण्ड उडानका लागि भ्रमणको अवसर जुटाई दिएकोमा दुई जनाको नाम लेखेर फेसबुकबाट आभार व्यक्त गरेका छन् ।

कलौनी निवर्तमान मेयर अशोक कुमार चन्दको पालादेखि सचिवालयमा कार्यरत छन् । मेयर चन्दले कृषि सहायक पदमा ज्यालादारीमा नियुक्त गरी सचिवालयमा राखेका थिए । चन्दले कार्यकाल सकिन लाग्दा उनलाई कार्यपालिकाको निर्णयबाट सेवा करारमा सहायक कम्प्यटर अपरेटर बनाएका हुन् ।

चन्द एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । चन्द मेयर निर्वाचित काँग्रेसका बोहराले पनि कलौनीलाई सचिवालयमा निरन्तरता दिएका छन् ।

मेयरले कलौनीलाई सचिवालयमा निरन्तरता दिएपछि बेदकोट काँग्रेस मेयर बोहरातिस आक्रोशित छ । बोहरा काँग्रेसमा संस्थापन इतर समूहका हुन् । कलौनी मेयर बोहराका नातेदार पर्छन् ।

कर्मचारलिे विदा बस्नुभन्दा अगाडि विदा प्रयोजनसहितको निवेदन दिएर स्वीकृत गराएरमात्रै बस्नुपर्ने प्रावधान रहेको छ ।

उक्त नियमको कर्मचारीले उल्लघन गरेको ठहरेमा कार्यालय प्रमुखले विदा नलिई कार्यालय नआउने कर्मचारीको हाजिरमा रातो लगाई(गयलगरी) तलव काट्नका लागि लेखामा सिफारिश गर्न सक्ने प्रावधान रहेको छ ।

आईतबार मात्रै आफू थाईल्याण्डबाट फर्किसकेको भन्दै काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय विमास्थलका फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । आईतबार पनि कार्यालयउमा हाजिर नभएको कर्मचारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...