ghar sansar

कृष्णपुरको कब्जाबाट फुत्किए चित्तल, शुक्लाफाँटा निकुञ्जको उद्धार केन्द्रमा राखिए

little buddha academy
khasi

–बीएन भट्ट
महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले अवैधरुपमा पालन गर्दे आएको चित्तलहरू वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको छ । विगत एक वर्षदेखि अवैधरुपमा चित्तल पालन गर्दे आएको कृष्णपुर नगरपालिकाले आइतबार दिउँसो वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको हो ।

कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले विगत एक वर्ष पहिले घाइते अवस्थामा फेला परेको चित्तलको सम्पूर्ण उपचार पछि आइतबार वाणी सव डिभिजन वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरिएको बताए ।

,orning glory badhai

वाणी सव डिभिजन वन कार्यालय कञ्चनपुरका वरिष्ठ वन अधिकृत भरत प्रसाद शाहले आइतबार एक भाले र पोथी गरी दुई चित्तलको नगरपालिकाबाट उद्धार गरेर सुरक्षित स्थानमा लगिएको बताए ।

dirghayi clinic

यस अघि डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सव डिभिजन वन कार्यालयलाई चित्तलको विषयमा जाँचवुझ प्रतिवेदन पेश गर्न आदेश दिएको थियो ।

सोही अनुरूप प्रक्रिया पुगाएर भाले र पोथी चित्तललाई डिभिजन वन कार्यालय मार्फत शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई बुझाइएको उनले बताए । अहिले दुवै चित्तलहरुलाई निकुञ्जको उद्दार केन्द्रमा राखिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक प्रमुख राजेश लम्सालले निकुञ्जमा ल्याइएका चित्तलहरू केही दिनमा प्राकृतिक वासस्थानमा छोडिने बताए ।

“निकुञ्जको कार्यालयमा भाले र पोथी गरी दुई वटा चित्तल ल्याइएको छ, उनले भने,–भाले चित्तलको खुट्टामा घाउँ रहेकाले उपचार पछि सुरक्षित वासस्थानमा लगेर छाड्छौ ।”

विगत एक वर्षदेखि अनुमति नलिएरै चित्तल पालन गरेको भन्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा विवादमा तानिएका थिए ।

शनिवार महेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दे नगरप्रमुख ओझाले घाइते चित्तल ल्याएर नगरपालिकामा उपचार गरिएको प्रतिक्रिया दिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...