ghar sansar

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावललाई अत्तरियामा अभिनन्दन

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ। बुधबार कैलालीको गोदावरी नगरपालिकाको  अत्तरियामा आयोजित गौरा र तीज विशेष कार्यक्रममा रावललाई अभिनन्दल गरिएको हो । 

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति अत्तरिया कैलालीको आयोजनामा अत्तरियास्थित उद्योग वाणिज्य संघको सभाकक्षमा गौरा तीज विशेष भव्य कार्यक्रम सम्पन्न भएको छ । 

Anant bahu travels

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका केन्द्रीय समिति अध्यक्ष लिलाधर बास्कोटा गरेका थिए भने प्रमुख अतिथि पूर्वमुख्यमन्त्री रावल रहेका थिए। 

संस्कृतिविद् समेत रहेका रावललाई सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री प्रकाश बम र प्रतिष्ठानका अध्यक्ष बास्कोटाले अभिनन्दन पत्र हस्तान्तरण गरे । 

dirghayi clinic

‘लोकतन्त्र स्थापनार्थ भएका परिवर्तनका जनआन्दोलनमा प्रत्यक्ष सहभागी संगै सामाजिक, सांस्कृतिक, पुरातत्व, खोज अनुसन्धान र सद्भावको मूलमन्त्रलाई आत्मसात् गर्दै राष्ट्र सेवा स्वरुप तत्कालीन कञ्चनपुर जिल्लाको उपसभापति हुँदै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री जस्तो सम्मानित पदमा रही जनचाहनाअनुसार गरेको अतुलनीय योगदान प्रशंसनिय रहेको छ,’ अभिनन्दन पत्रमा लेखिएको छ, ‘सोको उच्च मूल्याङकन गर्दै यो कदर पत्र दिइएको छ।’

मौलिक चाडपर्वको संरक्षणमा सुदूरपश्चिम प्रदेश सरकार प्रतिबद्ध रहेको पूर्व मुख्यमन्त्री रावलले बताए। ‘गौरा र तीज हाम्रो मौलिक पर्व हुन,’ सम्बोधनका क्रममा रावलले भने, ‘यी पर्वमा पीडा, रोदन, क्रन्द्रनका भाका मात्रै होइन्, समाज परिवर्तनका भाका, सुखी नेपाली समृद्ध नेपालका बोलीहरु झल्किनु पर्छ ।’ 

तीज केवल गीत नाच र व्रन्तको पर्व मात्रै नभएर अटल धैर्यता नारी शक्ति र न्यायप्रतिको प्रतिवद्धताको प्रतिक रहेको रावलले बताए । 

‘यसको मूलमा रहेको देवी पार्वती र भगवान शिवको कथा केवल पुराना धार्मिक आख्यान मात्र होइन्। यो आजको नेपालको राजनीतिक यर्थाथसंग पनि सजिव रुपमा जोडिएको सन्देश हो,’ उनले भने, ‘पार्वतीले आफ्नो सपना पूरा गर्न वर्षौसम्म कठोर तपश्या गरिन्। उनले अस्थिरता प्रलोभन वा दबाबमा झुकिनन् । अन्तत उनको अटलता र लक्ष्यमा निष्ठाको विजय भयो ।’ 

कार्यक्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना कुमारी भट्टराई, कैलालीको चुरे गाउँपालिकाकी उपाध्यक्ष धनादेवी थापा लगायत सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका अगुवा महिलाहरुलाई प्रमुख अतिथि रावलले दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । तीज गीत प्रतियोगिता र गौराको फाग गाएर नाचगान सहित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

Himal dental
सम्बन्धित
Loading...