

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा सुशासन समितिलाई सबैभन्दा कम बजेट दिइएको पाइएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा सुशासन समिति तथा अन्तर सम्बन्धित क्षेत्रमा सबैभन्दा कम बजेट खर्च गरेको पाइएको महालेखा परीक्षक कार्यालयको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा समावेश गरिएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा सुशासनमा १ करोड ४ लाख हजार बजेट विनियोजन गरेकोमा ८४ लाख २६ हजार खर्च गरिएको छ । यो गाउँ सभाबाट विनियोजित बजेटको २ दशमलव ६० प्रतिशत हो । महालेखाले पालिकालाई बजेट कोडिङ्ग बनाएर प्राथमिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन गर्न सुझाव दिएको छ ।

‘पालिकाले आफ्नो आवधिक योजना बनाई दिगो विकासका अल्पकालिन तथाा दिर्घकालिन योजना तय गरी बजेट कोडिङ मार्फत प्राथमिकता क्षेत्रमा बजेट विनयोजन गर्नु पर्दछछ’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४२ दशमलव ४५ प्रतिशत बजेट खर्च गरिएको छ । सामाजिक विकास क्षेत्रमा १७ करोड ३९ लाख बजेट छुट्याइएको छ । त्यसपछि कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा २६ दशमवल २६ दशमलव ३९ प्रतिशत, आर्थिक विकास समिति ६ दशमलव २३ प्रतिशत, पूर्वाधार विकासमा २२ दशमलव ३३ प्रतिशत, बजेट विनियोजन गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ९ करोड २९ लाख बजेट विनियोजन गरिएकोमा ८ करोड ५६ लाख खर्च भएको छ । आर्थिक विकास समितिको २ करोड ३१ लाखमध्ये २ करोड २ लाख खर्च भएको छ । पूर्वाधार विकास समितिमा ७ करोड २४ लाख र्च गरिएको छ । पूर्वाधार विकासमा १० करोड ९ लाख बजेट थियो ।
गाउँपालिकाले सबै क्षेत्रमा ४१ करोड ८ लाख बजेट विनियोजन गरेको पाइएएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ र ६७ मा स्रोत अनुमान तथा बजेट निर्धारण समितिले विषयगत क्षेत्र बजेटको सीमा निर्धारण गर्ने र सोही सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी योजना तर्जुमा गर्न पर्ने व्यवस्था छ ।
गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ३४ करोड ६७ लाख बजेट खर्च गरिएको छ। त्यसमा चालुमा २२ करोड र पूँजीगतमा ९ करोड ९५ लाख बजेट खर्च गरिएको छ ।
गाउँपालिकाले ७७ लाख ३ हजार आन्तरिक आम्दानी गरेको छ । गाउँपालिकालाई राजश्व बाँडफाँटबाट ६ करोड १३ लाख, २४ करोड ६९ लाख अनुदान र ७४ लाख ६३ हजार अन्य आम्दानी भएको छ । गाउँपालिकामा २८ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरिएको छ ।
गाउँपालिकाको बेरुजु १२ करोट ४ लाख पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै २ करोड ७२ लाख बेरुजु कायम गरिएको छ ।
३६ दशमलव ५४ वर्ग किलोमिटर क्षेत्रफल भएको गाउँपालिकामा ५ वडा छन् । २९ हजार ४ सय २८ गाउँपालिकाको जनसंख्या छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाको ६८ करोड बजेट खर्चको लेखा परीक्षण गरिएको थियो । गाउँपालिकामा ७ करोड ८१ लाख बजेट पारिश्रमिक र सुविधामा खर्च गरिएको छ । ५६ लाख १० हजार सामाजिक सुरक्षा भत्ता खर्च गरिएको छ ।
महालेखाले गाउँपालिकाले असार मसान्तमा तीन करोड बढी रकम भुक्तानी गरेको प्रतिवेदनमा समावेश गरेको छ ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले २०८० असार १० गते गाउँ सभामा ४१ करोड ८ लाख बजेट बजेट पेश गरेकी थिइन् । सोही दिन बजेट गाउँ सभाबाट पारित गरिएको थियो ।
बेलडाँडी गाउँ पालिकामा हरिशचन्द्र राना अध्यक्ष छन् । उनी काँग्रेस कञ्चनपुरका उप सभापति हुन् । २०७९ को निर्वाचनमा राना गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।
शिक्षण पेशा छाडेर चुनाव लडेका रानाले आर्थिक मितव्ययिता कायम गरी गाउँपालिकामा सुशासन कायम राख्ने बताउँदै आएका छन् ।
गाउँपालिकाका पूर्व अध्यक्ष स्वर्गिय धन बहादुर थापाको कार्यकालमा भएका आर्थिक अनियमिताका कार्य दोहोरिन नदिने अध्यक्ष रानाले वाचा गर्दै आएका थिए ।
