ghar sansar

बेलडाँडीमा २९ लाख पुग्यो म्याद नाघेको पेश्की, गाउँपालिका अध्यक्षकै नाममा ५० हजार

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा २९ लाख ८ हजार म्याद नाघेको पेश्की देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०÷०८१ को लेखा परीक्षण प्रतिवेदनमा म्याद नाघेको पेश्की समावेश गरिएको छ ।

म्याद नाघेका पेश्कीमा आर्थिक वर्ष २०८०÷०८१ र अघिल्लो वर्ष २०७९÷८० को छ । आर्थिक वर्ष २०७९÷८० को म्याद नाघेको पेश्की गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको नाममा छ ।

western public academy

अध्यक्ष रानाको नाममा ५० हजार म्याद नाघेको पेश्की छ । त्यस बाहेक २८ लाख ५८ हजार म्याद नाघको पेश्की अन्यको नाममा छ । यो पेश्की आर्थिक वर्ष २०८०÷०८१ को हो ।

महालेखा प्रतिवेदनका अनुसार पशु चिकित्सक सिद्धराज भट्टको नाममा एक लाख म्याद नाघेको पेश्की छ । भट्टले छाडा पशु चौपाया व्यवस्थापनको लागत साझेदारी अन्र्तगत लिएको पेश्की फस्र्र्याै नगरेका हुन् ।

गाउँपालिकाको वडा नं. ३ र ४ को वडा कार्यालय भवन निर्माणका ठेकेदार कम्पनीले पनि पेश्की फस्र्र्याैटको म्याद नाघेका छन् । वडा नं. ३ र ४ का भवन निर्माण जेकेइए एसबिडी जेभीले ठेक्का लिएको छ । प्रतिवेदन अनुसार वडा नं. ३ को भवन निर्माणमा ८ लाख २० हजार, ४ नम्बरको भवन निर्माणमा १६ लाख २८ हजार पेश्की माघ नाघेको देखिएको छ ।

शिवनगर पुल हुँदै खैरीघाट चौराहादेखि बैवाहा चौराहासम्म सडक आरसीसी निर्माणको ठेकेदार कम्पनी भविष्य कन्स्ट्रसनको २ लाख ६० हजार पेश्कीले म्याद नाघेको छ ।

गाउँपालिकाको सञ्चार महसुलको ५० हजार पेश्कीले समेत म्याद नाघेको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ५० मा पेश्की दिइएको रकम तोकिएको समयभित्र फस्र्यौट गर्न गराउनु पर्ने व्यवस्था छ ।

महालेखाले आर्थिक वर्षको अन्त्यसम्म पेश्की फस्र्याैट नभएको देखिएको प्रतिवेदनमा समावेश गरेको छ ।

गाउँपालिकाको बेरुजु १२ करोट ४ लाख पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै २ करोड ७२ लाख बेरुजु कायम गरिएको छ ।

३६ दशमलव ५४ वर्ग किलोमिटर क्षेत्रफल भएको गाउँपालिकामा ५ वडा छन् । २९ हजार ४ सय २८ गाउँपालिकाको जनसंख्या छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाको ६८ करोड बजेट खर्चको लेखा परीक्षण गरिएको थियो । गाउँपालिकामा ७ करोड ८१ लाख बजेट पारिश्रमिक र सुविधामा खर्च गरिएको छ । ५६ लाख १० हजार सामाजिक सुरक्षा भत्ता खर्च गरिएको छ ।

महालेखाले गाउँपालिकाले असार मसान्तमा तीन करोड बढी रकम भुक्तानी गरेको प्रतिवेदनमा समावेश गरेको छ ।

गाउँपालिका उपाध्यक्ष शान्ति नाथले २०८० असार १० गते गाउँ सभामा ४१ करोड ८ लाख बजेट बजेट पेश गरेकी थिइन् । सोही दिन बजेट गाउँ सभाबाट पारित गरिएको थियो ।

बेलडाँडी गाउँ पालिकामा हरिशचन्द्र राना अध्यक्ष छन् । उनी काँग्रेस कञ्चनपुरका उप सभापति हुन् । २०७९ को निर्वाचनमा राना गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।

शिक्षण पेशा छाडेर चुनाव लडेका रानाले आर्थिक मितव्ययिता कायम गरी गाउँपालिकामा सुशासन कायम राख्ने बताउँदै आएका छन् ।

गाउँपालिकाका पूर्व अध्यक्ष स्वर्गिय धन बहादुर थापाको कार्यकालमा भएका आर्थिक अनियमिताका कार्य दोहोरिन नदिने अध्यक्ष रानाले वाचा गर्दै आएका थिए ।

Himal dental
सम्बन्धित
Loading...