
मन्त्रीलाई मुछेर बैतडीको बालक मृत्यमा सामाजिक तथा जातीय सद्भाव बिथोल्न खोजियो –पूर्व मुख्यमन्त्री रावल

महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री एबम् एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावलले बैतडीको बालक मृत्यु प्रकरणलाई प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाललाई अनावश्यक रुपमा मुछेर बदनाम गराउन खोजेको र जातीय तथा सामाजिक सद्भाव बिथोल्ने उद्देश्यले दुष्प्रचार गर्न खोजिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।

पूर्व मुख्यमन्त्री रावलले विज्ञप्ति मार्फत मृतक बालकप्रति श्रद्धाञ्जली अर्पण र घर परिवारमा समवेदना व्यक्त गर्दै मन्त्री पाललाई जोडेर गरिएको प्रचार झुठो भएको संसदीय दलले ठहर गरेको बताएका छन् ।

