ghar sansar

लिजामा बेदकोट उत्कृष्ठ, दोधारा चाँदनी र कृष्णपुरको लाज

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बेदकोट नगरपालिकाले सबैभन्दा बढी र दोधारा चाँदनी नगरपालिकाले सबैभन्दा कम अंक पाएको छ । बेदकोट नगरपालिका अघिल्लो आर्थिक वर्षमा शुक्लाफाँटा र भीमदत्त नगरपालिका भन्दा पछि थियो ।

आर्थिक वर्ष २०८०÷८१ को लिजामा बेदकोट नगरपालिकाले ८३ दशमलव २५ अंक ल्याएको छ । सबैभन्दा कम अंक दोधारा चाँदनी नगरपालिकाको ७१ दशमलव ५० छ । कञ्चनपुरको सबैभन्दा जेठो नगरपालिका भीमदत्त नगरपालिका ८१ दशमव २५ छ ।

western public academy

बेलौरी नगरपालिकाले ८२ दशमलव ५० अंक ल्याएर जिल्लामा बेदकोटपछि दोस्रो स्थानमा आएको छ । बेलडाँडी र लालझाडी गाउँपालिकाको समान ८१ दशमलव ७५ अंक छ । यसैगरी पुनर्वास नगरपालिका ८१ र शुक्लाफाँटा नगरपालिकाले ८० अंक ल्याएका छन् । कृष्णपुर नगरपालिकाले लिजामा ७३ दशमवलव २५ अंक ल्याएको छ ।

कञ्चनपुरमा लिजामा कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाले ८० अंक पुगाउन सकेका छैनन् । अन्य सबै स्थानीय तहले ८० भन्दा माथि अंक ल्याएका छन् ।

आर्थिक वर्ष २०७९÷८० मा शुक्लाफाँटा नगरपालिका पहिलो भएको थियो । शुक्लाफाँटा लिजामा ८५.२५ अंक आएको थियो । भीमदत्त नगरपालिका ८४.२५ अंक प्राप्त गर्दा बेदकोट नगरपालिका ८३.७५ अंक ल्याएका थिए ।

लिजामा पुनर्वास नगरपालिकाको ८१.७५ अंक, बेलौरी नगरपालिका ७९.७५ अंक, बेलडाँडी गाउँपालिका ७६.५० अंक रहेको छ। यसैगरी, कृष्णपुर नगरपालिकाको ७३.२५ अंक, दोधाराचाँदनी नगरपालिकाको ७१.५० अंक र लालझाडी गाउँपालिकाको ५९.७५ अंंक रहेको छ। स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिले लिजाको कार्यान्वयन मार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ ।

विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्यांकनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन्।

ती विषय क्षेत्रमा शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् ।

यसैगरी, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई समेत स्वमूल्यांकनमा समावेश गरिएको छ । यी दस वटा विषय क्षेत्रमा विभिन्न १ सय वटा सूचक निर्धारण गरी १ सय नै पूर्णाकं रहने गरी प्रत्येक सूचकको निश्चित अंकभार समेत निर्धारण गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...