ghar sansar

भीमदत्तमा मेयर उप मेयर नभएपछि कार्य वाहक मेयरको दौडधुप

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्य वाहक मेयर केशब विष्ट जनप्रतिनिधि र कर्मचारी लिएर बाढी र डुबान प्रभावित क्षेत्र अनुमनमा निस्किएका छन् । भीमदत्त नगरपालिकाको बाढी र डुबान प्रभावित क्षेत्रमा कार्य वाहक नेतृत्जको टोली विहानदेखि अनुमगनमा निस्किएको हो ।

टोलीमा नगरपालिका जनप्रतिनिधि र विपद् व्यवस्थापन शाखाका कर्मचारी सहभागी छन् । भीमदत्त नगरपालिका ११ भजेला, ऐरी पिपरिया लगायतका क्षेत्र अनुगमन गरी टोली भीमदत्त नगरपालिका ९ मटेना पुगेको छ । टोलीले डुबान र बाढी प्रभावित क्षेत्र निरीक्षण, स्थानीयबाट क्षतिको जानकारी लिने लगायतका कार्य गरि रहेको छ ।

,orning glory badhai
dirghayi clinic

भीमदत्तमा बाढी र डुबानले ठूलो मात्रामा क्षति भएका खबर आएका छैनन् । भीमदत्तका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी दुबै जिल्ला बाहिर भएपछि भीनपा १६ का वडा अध्यक्ष विष्टलाई कार्य वाहक जिम्मेवारी दिइएको
छ ।

भीमदत्तका मेयर बोगटी महाकाली नदीको पिपरिया घाटको थुपारिएको ग्राभेल विवाद बाहिर आएपछि नगरपालिका आएका छैनन् ।

बोगटीले उप मेयर जोशीलाई कार्य वाहक दिएका थिए । उप मेयर जोशी पनि कार्यालयमा नभएपछि वडा अध्यक्ष विष्टलाई कार्य वाहक दिइएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...