ghar sansar

क्षतिग्रस्त झोलुङ्गे पुल निरीक्षण गर्दै पूर्व गृहमन्त्री लेखकले भने – छिटो पुनः निर्माणका लागि यस क्षेत्रका माननीयज्यूसित आग्रह गरेको छु

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकले केही दिन अघि क्षतिग्रस्त झोलुङ्गे पुल निर्माणका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद ज्ञानेन्द्र सिंह महतासित आग्रह गरिएको बताएका छन् ।

बिहीबार गृह नगर आएका लेखकले शुक्रबार बिहान महाकाली नदीमा क्षतिग्रस्त पुलको निरीक्षण गर्दै आफू झोलुङ्गे आफ्नो सपना भएको र भत्किाएर क्षतिग्रस्त भएको देख्दा दुःख लागेको बताए ।

लेखकले झोलुङ्गे पुल दोधारा चाँदनी र भीमदत्तको मात्रै नभएर राष्ट्रको सम्पत्ति भएकाले छिटो छिटो पुनः निर्माण गरी सञ्चालन गरिनु पर्ने उल्लेख गर्दै आफूले कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महतासित आग्रह गरेको बताए ।

dirghayi clinic

‘ म त अहिले यो पुल निर्माण गर्ने कार्यकारी पदमा छैन, पहल गर्ने ठाउँमा छु, मैले यस क्षेत्रका माननीय ज्ञानेन्द्र सिंह महताज्यूसित कुरा गरी छिटो छिटो बनाउन आग्रह ग रेको छु’ उनले भने ।

२०५६ मा लेखक कञ्चनपुर ३ बाट पहिलो पटक साँसद भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकालाई जोड्न महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

२०५९ मा सुरु भएर दुई वर्षपछि पुलको निर्माण कार्य सकिएपछि सञ्चालन गरिएको थियो ।

पूर्व गृहमन्त्री लेखकले पु्लसित आफ्नो भावना जोडिएको र पुल भत्किँदा आफ्नो सपना भत्किएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले आफू पुल निर्माणदेखि सम्पन्न हुँदासम्म आफू प्रत्यक्ष सहभागी भएको उल्लेख गरे । झोलुंगे पुल निर्माणपछि आफू भौतिक पूर्वाधार विकास मन्त्री भएपछि चार लेन पुल बनेको लेखकले बताए ।

Himal dental
सम्बन्धित
Loading...