
बाढी समस्या समाधान सहित विभिन्न मागहरु राख्दै दोधारा चाँदनी स्वतन्त्र समूहले बुझायो गृहमन्त्री लेखकलाई ज्ञापन


महेन्द्रनगर । दोधारा चाँदनी स्वतन्त्र समूहले बाढी समस्या समाधान लगायत विभिन्न मागहरु राखेर गृहमन्त्री रमेश लेखकलाई ज्ञापन बुझाएको छ ।
गृहमन्त्री लेखक बाढी प्रभावित क्षेत्र स्थलगत निरीक्षणका लागि दोधारा चाँदनी पुगेका बेला स्वतन्त्र समूहका संयोजक भीम कुमालको नेतृत्वमा गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा बाढी समस्या समाधान, वैज्ञानिक अध्ययनको आधारमा नयाँ र बलियो स्थायी तटबन्ध निर्माण, नगर क्षेत्रमा पानी जम्ने समस्याको समाधानका लागि समुचित ढल निकासी प्रणाली निर्माण, बाढी प्रभावित परिवारका लागि स्थायी पुनर्वास योजना तथा राहत नीति ल्याउनु पर्ने लगायतका मागहरु राखिएका छन् ।
यसैगरी जंगली जनावरको समस्या समाधान, मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरण नीतिलाई दोधारा चाँदनी क्षेत्रमा लागू, जंनावर बस्तीमा पस्न नदिन विद्युतीय बार, प्राकृतिक अवरोध (खाल्डो), निगरानी टावर निर्माण र जनधन क्षतिको लागि छिटो राहत वितरण प्रक्रिया सुनिश्चित गरिुन पर्ने लगायत माग गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापन पत्रमा समावेश छन् ।
स्वतन्त्र समूहले गृहमन्त्री लेखकसित ज्ञापन पत्रमा समावेश माग र समस्याको दीर्घकालीन समाधान र स्थानीय नागरिक सुरक्षाको प्रत्याभूति दिनका लागि गृहमन्त्री नेतृत्वमा यथाशीघ्र नीतिगत, वित्तीय र प्राविधिक तयारी थाल्नु पर्ने समेत माग गरेको छ ।

‘तपाईको तर्फबाट सकारात्मक, चाँडो र प्रभावकारी कार्यवाहीको अपेक्षा गर्दछौं र आवश्यकता परेमा नागरिकस्तरबाट समेत सहयोग गर्न तयार छौं’ ज्ञापन पत्रमा भनिएको छ ।
स्वतन्त्र समूहले गृहमन्त्री लेखकले बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरी वस्तुस्थितको जानकारी लिएकोमा दोधारा चाँदनीका वासिन्दा उत्साहित भएको ज्ञापन पत्रमा छ ।
‘नेपाल सरकारका गृहमन्त्रीको गरिमामय पदमा आसीन भई राष्टूको सुरक्षादेखि आपत्कालीन व्यवस्थापनसम्मका महत्वपूर्ण जिम्मेवारी वहन गरिरहनु भएका तपाईंजस्तो दूरदृष्टि सम्पन्न, अनुभवी र प्रतिबद्ध नेतृत्वलाई आज हाम्रो बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा यहाँको उपस्थितिले हामी सम्पूर्ण जनसमुदाय हर्षित र उत्साहित भएका छौँ’ ज्ञापन पत्रमा भनिएको छ, ‘प्राकृतिक विपद्(विशेषगरी बाढीका कारण यहाँका नागरिकले भोग्नु परिरहेको पीडा, क्षति र कठिनाइहरू प्रत्यक्ष अवलोकन गरी राहत, पुनःस्थापना र दीर्घकालीन समाधानतर्फ सरकारको ध्यान आकर्षित गराउने तपाईंको पहल सराहनीय छ, हामी यहाँका बासिन्दाहरू तपाईंप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, यो निरीक्षण भ्रमणबाट आवश्यक नीतिगत तथा कार्यान्वयन स्तरका कदमहरू अघि बढ्ने विश्वास लिएका छौं ।’
गृहमन्त्री लेखकले दोधारा चाँदनी क्षेत्रको विकासका लागि पुगाएको योगदानका लागि स्वतन्त्र समूहले आभार व्यक्त गरेको छ । ‘यहाँको स्थलगत निरीक्षणका क्रममा हामी तपाईलाई केवल हालको विपद् व्यवस्थापनप्रति देखाउनुभएको चासोका लागि मात्र होइन, विगतका दिनहरूमा दोधारा चाँदनी नगरपालिकाको समग्र विकासमा पुरÞ्याउनुभएको बहुमूल्य योगदानको लागि पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।’
गृहमन्त्री लेखकले दोधारा चाँदनीमा सडक, पुल निर्माण, सीमा क्षेत्रको सुरक्षामा सक्रियता, शिक्षा र स्वास्थ्य सेवा सुदृढीकरण जस्ता विविध क्षेत्रमा योगदान पुगाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
महाकाली नदीमाथि निर्माण भएको दोधारा(चाँदनी झोलुंगे पुल तथा यस क्षेत्रलाई बाह्य संसारसँग जोड्ने सडक पूर्वाधार विकासका लागि पुगाएको योगदानले विशेष महत्व राख्ने ज्ञापन पत्रमा भनिएको छ । ‘तपाईको नेतृत्वले ऐतिहासिक महत्व राख्दछ, ती योगदानहरूले मात्र होइन, स्थानीय आवाजलाई राष्टिूय नीति निर्माणमा स्थान दिलाउन तपाईले खेलेको भूमिकाले हामीलाई गौरवान्वित बनाएको छ’ ज्ञापनमा छ्, ‘यस अवसरमा म, सम्पूर्ण समुदायको तर्फबाट, सम्माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछु ।’
