

महेन्द्रनगर । कैलालीको धनगढीस्थित परराष्ट मन्त्री आर्जु राणाको घरमा आगो लगाइएको छ । जेन्जी युवाहरूले मङ्गलवार राणाको घरमा आगो लगाएका हुन् ।

धनगढी–४ उत्तरबेहडीमा रहेको राणाको घरमा आक्रोशित युवाहरूले आगो लगाएका हुन् । युवाहरूले धनगढीमा शेरबहादुर देउवा, आर्जु राणा, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड विरुद्ध नाराबाजी गरेका छन् ।

युवाहरूले सरकारले आन्दोलनमा चरम दमन गरेको भन्दै उग्र नारा लगाएका छन् । युवाहरूले धनगढीस्थिति मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गर्ने प्रयास गरेका थिए ।
भ्रष्टाचार विरुद्ध आन्दोलन गर्दा सरकारले गोली दागेको भन्दै सरकार विरुद्ध चर्को नाराबाजि गरेका छन् ।
