ghar sansar

बुधबार विहानैदेखि शान्त छ महेन्द्रनगर

khasi

महेन्द्रनगर । मंगलबार दिनभर अशान्त सदरमुकाम महेन्द्रनगर बुधबार विहानैदेखि शान्त छ । महेन्द्रनगर बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

सेना, सशस्त्र र जनपद प्रहरी मुख्य चोक सहित सबै क्षेत्रमा परिचालन गरिएका छन् । स्थानीय प्रशासनले मंगलबार कफ्ूर्य आदेश जारी गरेको थियो । मंगलबार कफ्र्यु उल्लङ्घन गरी विभिन्न ठाउँमा आगजनी र तोडफोड भएको थियो ।

western public academy

बुधबार विहानदेखि सेना सहित सुरक्षा परिचालन भएपछि बजार शान्त छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्ष खडक बहादुर खत्रीले जिल्लाभर अवस्था समान्य भएको बताए ।

‘बजारमा शान्त, सबैतिर अवस्था शान्त छ’ प्रहरी उपरीक्षक खत्रीले भने,‘त्यस अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ ।’
मंगलबार बिहान ११ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जारी गरेको सूचना अनुसार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जबार क्षेत्रको ३ किलोमिटर परिसरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३ किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाडी र लालझाडी पालिकाको केन्द्रभित्रको बजार क्षेत्रमा कफ्र्यू जारी गरिएको हो ।

जेनजी आन्दोलनकारीले मंगलबार बिहानैदेखि सदरमुकाम महेन्द्रनगर लगायत विभिन्न ठाउँमा प्रदर्शन तथा आगजनी गरेका थिए ।

प्रशासन कार्यालयमा आगजनी गरिएको थियो । प्रहरीले अश्रुग्याँस प्रहार गरी प्रदर्शनकारीलाई भगाएका थिए ।

प्रदर्शनकारीले मंगलबार कफ्यू तोड्दै विभिन्न सरकारी कार्यालय, सत्तारुढ दलका पार्टी कार्यालय, जनप्रतिनिधि, मन्त्रीका घरमा तोडफोड तथा आगजनी गरेका र्थि । आन्दोलरीले भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरी प्रदर्शन गरेका थिए ।

dirhayu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ढुङ्गा प्रहार गरी तोडफोड गरिएको छ । निर्वतमान गृहमन्त्री रमेश लेखकको भीमदत्त नगरपालिका ४ र बेदकोट नगरपालिका ८ गैलनदीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, भीनपा १७ बाँसखेडा र ४ नम्बर बजारमा रहेको एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाललको घरमा तोडफोड गरिएको छ ।

भीमदत्त नगरपाकिाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी, पूर्व मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीको घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी सुदूरपश्चिम सरकार आन्तरिक मामिला मन्त्री हिरा सार्कीको घरमा ढुङगामुढा प्रहार गरिएको छ ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा समेत आगजनी र तोडफोड गरिएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्री माया पन्त र सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाकोे घरमा पनि तोडफोड गरिएको छ ।

होटल ओपेरा, सिमएजी क्यासिनो, एनसेल सेन्टरमा समेत तोडफोड गरिएको छ । एनसेल सेन्टर आगजनी गरिएको हो । मंगलबार साँझ आगजनी गरिएको छ ।

आन्दोलनकारीले कृष्णपुर, पुर्नवास र शुक्लाफाँटा नगरपालिकाका सवारी साधन जलाएका छन् । कृष्णपुरका मेयर हेमराज ओझाको घरमा समेत तोडफोड र आगजनी गरिएको छ ।

काँग्रेसको जिल्ला पार्टी कार्यालय सहित दोधारा चाँदनी र बेलडाँडी गाँउपालिका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...