ghar sansar

आज पनि सुनसान छ सदरमुकाम

khasi

महेन्द्रनगर । बिहीबार विहान ११ बजेसम्म केही चहलपहल देखिएको महेन्द्रनगर बजार त्यसपछि सुनसान बनेको छ । अहिले बजारका पसल, उद्योग, कलाकारखना सबै पूर्ण रुपमा बन्द छन् । बुधबार विहानदेखि बजार पूर्ण रुपमा बन्द भएको थियो ।

बिहीबार विहान ११ बजेसम्म बजार केही पसल खुले । बजार क्षेत्रमा चहलपहल बढ्यो । सेना र प्रहरीका गाडीले बजार गस्ती गरि रहेका थिए ।

western public academy

११ बजेपपछि सेना सहित सुरक्षाकर्मी तैनाथ भएपछि फेरि बजार बन्द भएर सुनसान बन्न पुगेको छ ।

dirhayu

बुधबारको तुलनामा आज छिटफुट आवामगन भने भइ रहेको छ । बुधबार दिउँसादेखि चमचोक लगायतका स्थानमा सुरक्षाकर्मीले प्रेसलाई समेत आवागमन गर्न रोकेका थिए ।

सेना सहित सुरक्षाकर्मीले बुधबार सोधपुछ गरेर मात्रै आवामगन गर्न दिएका थिए । आज बुधबार जसरी सोधपुछ नगरी आवागमन गर्न दिइएको छ । बजार क्षेत्रमा छिटफुट आवामगन भई रहेको छ ।

जेएनी आन्दोलनको नाममा सरकारी तथा सार्वजनिक र सत्तारुढ दलका नेताहरुका घरमा आगजनी तथा तोडफोड गरिएको छ ।

मंगलबार राति १० बजे देशभर निषेधाधाज्ञा तथा कफ्र्यु जारी गरी सेना गस्तीमा आएको हो । बुधबार विहानदेखि सेना सहित सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...