ghar sansar

जेएनजी आन्दोलनले यति पुगायो कञ्चनपुुरलाई क्षति

little buddha academy
khasi

महेन्द्रनगर । जेएन जी आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक संकलन गरिएको छ । कञ्चनपुर जिल्लाभर आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको छ । केही स्थानमा लुटपाट पनि गरिएको पाइएको छ ।

जेएन जी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि देशभर आक्रोश बढेको थियो । त्यसको अर्को दिन भदौ २४ गते आक्रोशित समूहले सरकारी र राजनीतिक दलका नेता सम्पत्तिमा आगजानी र तोडफोड गरेका थिए ।

,orning glory badhai

जिल्ला प्रशासन कार्यालयमा आगजानी र तोडफोड गरिएको छ । विहान प्रशासन कार्यालयबाट सुरु गरी अन्य ठाउँमा आगजनी र तोडफोड गरिएको हो । प्रशासन कार्यालयमा प्रहरीले अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई भगाएको थियो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, इलाका प्रहरी कार्यालय गुलरियामा तोडफो गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड र आगजनी गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नं. १, ४, ५,६, ७,८, ९, १०, ११ र १२ नम्बर वडामा तोडफोड गरिएको छ । यसैगरी वडा नं. १, ७ र ८ मा आगजनी गरिएको छ । शुक्लाफाँटा नगरपालिका १० नम्ब्बर वडाका कुर्सीहरु बाहिर ल्याएर जलाइएका छन् ।

पुनर्वास नगरपालिका ५ र ६ नम्बर वडामा आगजनी र तोडफोड गरिएको छ । कृष्णपुर नगरपालिका १, २, ५ र ७ नम्बर वडामा तोडफोड गरिएको छ । भीमदत्त नगरपालिका १८ र बेलडाँडी गाउँपालिका २ नम्बर वडाको प्रवेशद्वार तोडफोड गरिएको छ ।

महेन्द्रनगरस्थित सत्तारुढ एमाले र काँग्रेस पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका ७ बाबाथान तोडफोड र ४ नम्बरस्थित काँग्रेस पार्टी कार्यालयमा आगजनी गरिएको छ । आन्दोलनका क्रममा सरकारी, निजी, व्यापारिक र सवाधारी साधनमा तोडफोड र आगजनी गरिएको छ ।

dirghayi clinic

गृहमन्त्री रमेश लेखकको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर र बेदकोट नगरपालिका ८ स्थित घरमा आगजानी र तोडफोड गरिएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ ।

सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र भीमदत्तका पूर्व मेयर सुरेन्द्र विष्टको घरमा आगजनी र तोडफोड गरिएको छ ।

मेयर बोगटीको महेन्द्रनगर बजार र उल्टाखामस्थित दुबै घरमा तोडफोड गरिएको छ । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पालको महेन्द्रनगर बजार र बाँसखेडास्थित दुबै घरमा तोडफोड र आगजनी गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको घरमा आगजनी तथा तोडफोड गरिएको छ ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको घरमा पनि तोडफोड गरिएको छ । मेयर ओझाकी आमाले आफू घर बाहिर नआउने अडान लिएपछि आन्दोलनकारी आगजनी नगरी तोडफोड गरी फर्किएका थिए ।

महेन्द्रनगर मदनचोकस्थित एनसेल सेन्टरमा आगजनी तथा तोडफोड गरिएको छ । होटेल ओपेरा र सिएजी क्लबमा तोडफोड गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख बोहराको पुस्तक पसल र गार्मेन्टसमा आगजनी र तोडफोड गरिएको छ ।

पुनर्वास नगरपालिकाका मेयर तोय प्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीमा आगजनी गरिएको छ । पुनर्वास नगरपालिकाको दमकल, रोलर, ट्रयाक्टर र शव वाहनमा तोडफोड गरिएको छ ।

कृष्णपुर नगरपालिका कार्यालय हाताभित्रका तीन मोटरसाइकल र २ स्कुटीमा आगजनी गरी क्षति पुगाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...