ghar sansar

सेनालाई पानी र बिस्कुट खुवाई दिन भीमदत्तका मेयर बोगटीको अपील

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले सबैलाई संयमित र सुझबुझपूर्ण ढंगले अघि बढ्न अपिल गरेका छन् । जेएन जी आन्दोलनका क्रममा दुबै घरमा तोडफोड र आगजनी गरिएपछि मेयर बोगटीले पहिलो पटक सार्वजनिक अपिल गर्दै सबैसित आग्रह गरेका हुन् ।

मेयर बोगटीले सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा विभिन्न क्षेत्रमा ड्युटीमा रहेकाले स्थानीयवासीलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

‘आर्मी ब्यारेकभित्रको मेस खुलेको नहुन सक्छ, आकस्मिक ड्युटीमा खटिएका जवान भोकै वा तिर्खाएका हुन सक्छन् ।’ मेयर बोगटीले भने, ‘त्यसैले आफ्नो घर वरिपरि नेपाली सेना देखिएमा कम्तिमा पानी वा बिस्कुट भए पनि दिनुहोस् ।’

dirghayi clinic

उहाँले यो कठिन घडीमा सुरक्षाकर्मीप्रति सद्भाव देखाउन सबैलाई अनुरोध गर्दै सेनालाई सम्मानपूर्वक सहयोग गर्नु नै नागरिकको कर्तव्य हुने उल्लेख गरेका छन् ।

उनले समाजिक सञ्जाल फेशबुक मार्फत यस्तो लेखेका छन्  । ‘मुलुक विषम परिस्थितिमा छ । सबैले संयमित हुन जरुरी छ । सुझबुझपूर्ण ढंगले अघि बढ्नु पर्ने आवश्यकता छ ।

देश र जनताको रक्षाका लागि नेपाली सेना ब्यारेक बाहिर निस्कनु पर्ने परिस्थिति सिर्जना भएको छ । काँधमा आइपरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईंको घर वरिपरि नेपाली सेना देखिँदा कृपया खानपिन सोधि दिनु होला । आकस्मिक ड्युटीमा खटिँदा ब्यारेक भित्रको मेसको खाना नखुलेको हुन सक्छ ।  भोकै हुन सक्छन । तिर्खाएका हुन सक्छ्न् ।  कम्तिमा पानी र बिस्कुट भए पनि ‘अफर’ गर्दिनु होला ।’

Himal dental
सम्बन्धित
Loading...