ghar sansar

पूर्व मुख्यमन्त्री रावल पुत्र नितेशले भने– मेरा बुवाले एक रुपैँया पनि घुस खाएको प्रमाण छ भने मेरो बचेको घर पनि भत्काउनु होस

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलका छोरा नितेश रावलले बुवाले हालसम्म एक रुपैँया घुस पनि खाएको प्रमाण भए आफ्नो बचेको घर पनि भत्काउन चुनौती दिएका छन् ।

जेएन जी आन्दोलनका क्रममा आन्दोलनकारीले भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित पूर्व मुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका थिए । रावलको घरमा लुटपाट समेत गरिएको सरकारी निकायको प्रारम्भिक क्षति विवरणमा समावेश गरिएको छ ।

,orning glory badhai

पूर्व मुख्यमन्त्री पुत्र नितेशले सामाजिक सञ्जालबाट आगजानी र तोडफोडबाट ध्वस्त घरको तस्बिर राखेर घुस खाएको प्रमाण दिएर आफ्नो बचेको घर पूर्ण रुपमा भत्काउन चुनौती दिएका हुन् ।

dirghayi clinic

‘मेरा पूजनीय बुवाले आफ्नो अहिलेसम्मकै राजनैतिक जीवनमा एक रुपैया पनि घुस खाएको प्रमाण यदि कसै सङ्ग छ भने प्रमाण सहित आउनु होस्, अझै बचेको घर पूरा भत्काउनु होला । यसमा मेरो घरवाला केही बोल्दैन तर जुन आरोप प्रत्यारोप लगाएर वा कसैको उक्साहटमा आएर मेरो घर जलाउनु भएको छ केही छैन, एक दिन समयचक्रको फन्को अवश्री फर्किनेछ’ रावलले भनेका छन् ।

भदौ २४ गते जेएन जीको आडमा व्यक्तिगत र राजनीतिक प्रतिशोध लिने उद्देश्यले आफ्नो घरमा विध्वंश मच्चाइएको रावलले फेसबुकमा उल्लेख गरेका छन् ।

‘मिति २०८२ भाद्र २४ गते जेन जेडको आडमा केही उग्र आततायी समूहले व्यक्तिगत राजनैनिक प्रतिशोध लिने उद्देश्यले मेरो निजी घर (नितेश रावल सुपुत्र राजेन्द्रसिंह रावल) मा आगो लगाइ जलाउने निकृष्ट, निन्दनीय एवम् घृणित कार्य गरिएको छ ।’

नेपाल बैंकको ऋण र आफन्तको सहयोगमा घर बनाइएको रावलले उल्लेख गरेका छन् । ‘अहिले पनि मेरा आफन्त, छिमेकी तथा शुभचिन्तकहरूको सहयोग र नेपाल बैंकको ऋणमा बनाएको हो । म विस्वस्त छु कि पुनः मेरा आफन्तजन तथा शुभचिन्तक ज्यूहरूले सहयोग गर्ने नै छन् ।’

 

 

Himal dental
सम्बन्धित
Loading...