ghar sansar

समाधान संविधान बाहिरबाट होइन,भित्रबाटै खोजौ

khasi

जेएनजी विद्रोहपछि देशमा उत्पन्न जटिल अवस्थालाई पार लगाएर अघि बढ्न अहिलेको सबैभन्दा प्रमुख चुनौतपूर्ण कार्य हो । भदौ २३ गते जेएन जी आन्दोलनमा गोली प्रहारपछि उत्पन्न आक्रोशपूर्ण अवस्थाले राष्ट्रिय विपद्को अवस्थामा ल्याई पुगाएको छ ।

भदौ २४ गते देशभर आगजनी, तोडफोड, लुटपाट, कारागार तोडफोड लगायतका घट्ना भएका छन् । ती घट्नामा व्यापक क्षति हुन पुगेको छ । राष्ट्रपति भवन, संसद भवन र ऐतिहासिक सिंहदरबार जलेर खरानी भएका छन् । भौतिक क्षतिसंगै हजारौ वर्षको इतिहास बोकेको देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारको विरासत गल्र्यामगुर्लम्म ढलेको छ । मानवीय क्षति अझै अपूरणीय छ ।

समग्रमा देश मानवीय र भौतिक क्षतिको अभूतपूर्व नोक्सानीको दिशामा पुगेको छ । जेएनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, समान अवसर, रोगजारीका लागि अवसर दिनु पर्ने जायज माग राखेर आन्दोलन गरे । यो आन्दोलनमा घुसपैठ गरी निहित स्वार्थ पूर्ति गर्ने समूहले देशभर यो विध्वशं मच्चाएको चौतर्फी आशंका छ ।

dirghayi clinic

सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गरेपछि युवामा आक्रोश बढेर सडकमा आउने बाध्यता बन्यो । त्यो बाध्यताका पछाडि सरकार र सत्ताधारी दल दोषी छन् । दलहरुले त्यसको सजाय पाइ सकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर सैनिक सुरक्षामा छन् । गृहमन्त्री रमेश लेखक राजीनामा दिएपछि कहाँ छन् भन्ने अत्तोपत्तो छैन । सरकारका धेरै मन्त्री राजीनामा दिएर बाहिरिएका छन् । राजीनामा दिन बाँकी मन्त्रीहरु पनि चुपचाप छ । प्रतिनिधि सभाका २ सय ७५ साँसद चुपचाप छन् । प्रतिनिधि सभा बस्ने संसद भवन जलेर खरानी भएको छ । संसद भवनभित्र पस्ने क्रममा प्रहरीले गोली चलाएपछि देशभर यो अवस्था आएको हो । गृहमन्त्री लेखकले गोली प्रहारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।

गृहमन्त्री लेखकले मात्रै होइन, प्रधानमन्त्री ओलीले राजीनामा दिए पछि पनि आक्रोश मत्थर हुन सकेन । झन देशभर विध्वशंका घट्ना भए । नेपाली राजनीतिमा शायद यस किसिमको अनपेक्षित विद्रोह पहिलो पटक हुन सक्छ । दुई दिन ३२ घण्टासम्म चलेको विद्रोहले सत्ता पलट गरि दिएको छ । त्यसैले यो विद्रोह शक्तिशाली छ । त्यसैले यो विद्रोहको उपलब्धि संस्थागत हुने गरी देशलाई लोकतान्त्रिक शासन व्यवस्थालाई कायम गरी अघि बढ्नु पर्ने सर्वोपरी आवश्यकता छ ।

भदौ २४ गते राति १० बजेदेखि सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि सहज स्थिति बनेको देखिन्छ । देशभर निषेधाज्ञा र कफ्र्यु छ । जनजीवन समान्य हुन थालेको छ । जेएन जी आन्दोलनको नाममा भएको विध्वंशले जनता त्रसित छन् । सेनाले सुरक्षा कमाण्ड लिएपछि केही हदसम्म शान्तिको आश फर्किएको छ । तर अझै के हुने हो भन्ने मनमा त्रास नै छ ।
सेनाले आगामी निकासका लागि थालेका पहलकदमीतर्फ अहिले आम जनताको ध्यान गएको छ । सेनाले अन्तरिम सरकारका लागि सहजीकरण गरि रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसितको समन्वयमा सेना सहजीकरण गरि रहेको बाहिर आएको छ । अन्तरिम सरकार गठनका लागि थालिएका प्रयासले अझै ठोस रुप लिन सकेको छैन । प्रधानमन्त्री कसलाई बनाउने भन्ने अझै पनि स्पष्ट हुन सकेको छैन । जेएन जी भित्र प्रधानमन्त्री बनाउने विषयमा एकमत नभएपछि यी प्रयास पछाडि धकेलिँदै गएका छन् ।

अहिले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संयम र धैर्य भएर निर्णय लिन सबैमा आग्रह गरि रहेका छन् । जेएन जी विद्रोहको नाममा गणतन्त्रलाई नै धरापमा पार्ने काम त हुने होइन भन्ने चिन्ता सर्वत्र छ । गणतन्त्र र यसका उपलब्धिको रक्षा हुने अहिलेको समस्याको समाधान गर्न पर्ने सबैको माग हो । कथमकदाचित समस्या हल गर्ने निहुँमा गणतन्त्र धरापमा पार्ने कार्य भयो भने त्यो कुनै पनि नेपाली जनतालाई पाच्य र सह्य हुने छैन । त्यसैले अहिलेको संवैधानिक व्यवस्थाभित्र रहेको जेएनजी आन्दोलनको माग अनुसार उपलब्धिलाई संस्थागत गरी अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यो नै अहिलेको परिस्थितिमा देश, जनता र जेएन जीको लागि हितकर हुनेछ । 

Himal dental
सम्बन्धित
Loading...