ghar sansar

कञ्चनपुरमा १ सय २४ कैदीबन्दी फर्किए कारागार

khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन् । 

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ ।

‘केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौं, बुझाउँदैछौं,’ उनले भने, ‘केही आफै कारागारको सम्पर्कमा पुगेका हुन् ।’ उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन्। अझै तीन सय ५५ कैदीबन्दी फरार छन्।   

कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए ।

Himal dental
सम्बन्धित
Loading...