

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम विष्टले पाटीए छाडेका छन् । तीन बर्षदेखि रास्वपा नेतृत्व गरि रहेका विष्टले जेएनी आन्दोलनले नयाँ राजनीतिक परिवेश बनाएपछि साधारण सदस्य समेत नरहेन गरी पार्टी छाडेका छन् ।

विष्टले विज्ञप्ति जारी गर्दै पार्टी छाडेका घोषणा गरेका छन् । केही दिन अघि पन िविष्टले पार्टी छाडेको अनौपचारिक हल्ला बाहिरिएको थियो ।
विष्ट एमाले छाडेर रास्वपा सभापति भएका थिए । सभापति भएर पनि विष्टले फेसबुकबाट रास्वपालाई पटक पटक खबरदारी गर्र्दै आएका थिए ।
‘म यो निष्कर्षमा पुगेको छु कि, भ्रष्टाचार, दण्डहीनता र वैमनस्यताको जरा हामी आफैमा छन्, ‘विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबैले आफूलाई भित्रैबाट सुधार्न सुरु गरे भने समाज आफै सुधारिन्छ ।’
