ghar sansar

जेन जी आन्दोलनमा गरिएको तोडफोड र आगजनीले सेवा दिन सक्ने अवस्थामा छैनन् कञ्चनपुरका अधिकाँश स्थानीय तह

khasi

महेन्द्रनगर । जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहलाई सेवा प्रवाहमा बाधा पुगेको छ ।

नगरपालिका कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले बताए ।

western public academy

“वडा कार्यालय र पालिकामा रहेका कम्प्युटरदेखि कागजात र फनिर्चर अधिकांश नष्ट भएका भएका छन्, केही शाखाको अलिकति मात्र बचेको छ”, उनले भने, “तत्काल सेवा दिन सकिने अवस्था छैन ।”

उनले क्षतिको विवरण सङ्कलन र मुचुल्का उठाउने काम भइरहेको उल्लेख गर्दै सेवा प्रवाहमा अझै केही दिन लाग्ने बताए। उनले भने, “अहिले सरसफाइमै बढी ध्यान दिएका छौँ, सक्दो छिटो सेवा दिने तयारीमा लागेका छौँ।”

कञ्चनपुरमा मात्र आन्दोलनकारीले ३० सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । केही कार्यालयमा सामान्य क्षति भएको छ भने कतिपय कार्यालय ध्वस्त भएका छन् ।

dirhayu

शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा नं १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयमा आगजानी र तोडफोड हुँदा पूर्ण रूपमा ध्वत भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले वडा कार्यालय पूर्ण क्षति भएका कारण तत्कालसेवा दिन कठिनाइ भइरहेको बताए ।

कञ्चनपुरमा सरकारी कार्यालयसँग नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएपछि स्थानीय तहका कर्मचारी त्रसित छन्।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले ढुक्क भएर सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको बताए । “कार्यालयमा आगजनी र तोडफोड भएपछि कर्मचारी त्रसित बनेका छन्, सेवा प्रवाह गर्न तयारी गरिरहेका छौँ ।” आइतवारदेखि प्रशासनले निषेधाज्ञा कफ्र्यू हटाए पनि सेवा प्रवाह कसरी सञ्चालन गर्ने अन्योल छ । जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी र तोडफोडका कारण सेवा प्रवाहमा समस्या भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आगजनी र तोडफोडले विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको बताए ।

जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरिया, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका कार्यालय र वडा नं १ देखि १२ सम्मका वडा कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय र चार वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

त्यसैगरी, भीमदत्त नगरपालिका कार्यालय र बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा नोक्सानी पुर्याइएको छ। तोडफोड र आगजनी हुँदा भौतिक संरचना, फर्निचर र सवारीसाधनमा ठूलो क्षति भएको छ । आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...