ghar sansar

वासिन्दालाई विपद्मा यसरी जोगाउँछ दोधारा चाँदनी

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० शान्ति टोलका ८ बालबालिका सहित ९ जनाको २०६५ मा बाढीबाट जोगिन सुरक्षित स्थानमा जाने क्रममा खाल्डोमा डुबेर मृत्यु भयो । जोगबुडा नदी किनार बाटो सुरक्षित स्थानमा जाने क्रममा उनीहरु चढेको डन्लप खाल्डोमा खसेर मृत्यु भएको थियो ।

९ जनालाई सामूहिक मृत्युको मुखमा पुगाउने खाल्डोमा अहिले कल्भर्ट निर्माण गरिएको छ । अहिले पनि स्थानीय बस्तीमा बाढी आएपछि यहीं बाटो भएर सुरक्षित स्थानमा जाने गर्छन् ।

,orning glory badhai

शान्ति टोलकी बृद्धकली सार्की १७ वर्ष अघिको सामूहिक मृत्यु घट्ना सम्झिएर टोलाउँछिन् । मृत्यु हुने ८ बालबालिकामा दुई सार्कीका नाति नातिना थिए ।

४ र ५ वर्षका दुई नाति नातिनाको मृत्यु भएपछि तीन सन्तानकी बुहारीको मानसिक सन्तुलन बिग्रियो । छोराले अर्को विहे गरी भारत पसेपछि घरमा छाडेका नाति पाल्ने जिम्मा बुद्धिकलाले लिएकी छन् ।

‘बुहारी पागल भएर कहाँ गई, यस(नाति) को बुवा अर्को विवाह गरी भारत गयो, अब के गरु म, भत्ता पाउँछु, त्यसैबाट यसैलाई पाल रहेको छु’ उनले भनिन्,‘बर्खा आउँछ, धानबाली पनि लगि दिन्छ, न हिउँद न बर्खा बाली भित्र्याउन पाउँदैन ।’

शान्ति टोलको लाली गुराँस सामुदायिक विपद् व्यवस्थापन समितिका उपाध्यक्ष जयकला सार्कीले बस्तीमा बाढी बर्सेनी आए पनि २०६५ पछि हालसम्म मानवीय क्षति नभएको बताइन् ।

‘यो वस्ती नै जोगबुडाको किनारमा छ, यता उता सबैतिर खल्ला नै खल्ला छ, महाकाली नदीमा पानी बढ्यो बाढी आइ हाल्छ, खोला बढे आउँछ’ उनले भनिन्,‘बाढी आयो कि छाडेर भाग्नै पर्छ ।’

बस्तीमा बाढी आउन पूर्व जानकारी पाएर वासिन्दाहरु घर छाडेर जाने भएकाले मानवीय क्षति हुन नसकेकाले उनले बताइन् ।

‘अहिले बाढी आउन पूर्व नै सबैलाई थाह भई हाल्छ, त्यसपछि हामी सबै घरबार छाडेर गई हाल्छौ, यो पूर्व सूचना प्रणाली आएपछि मानवीय क्षति हुन पाएको छैन’ उनले भनिन् ।

भदौ दोस्रो साता बस्तीमा बाढी पस्न थालेपछि स्थानीय घर छाडेर सुरक्षित स्थानमा गएका थिए । अम्बिका माध्यमिक विद्यालयमा तीन दिन बसेर उनीहरु फर्किएका थिए ।

भदौ दोस्रो साताको बाढीले जोगबुडा नदी किनारका बस्तीका वासिन्दालाई विस्थापित गराएको थियो । जोगबुडाको बाढी बस्तीमा पस्न थालेपछि उनीहरु घर छाडेर सुरक्षित स्थानमा गएका थिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बाढीको पूर्व सूचना प्रणालीले नगरपालिका क्षेत्रमा मानवीय क्षति रोकिन पुगेको बताए ।

‘यो नगरपालिकामा बाढी लगायतका विपद् प्रतिकारका लागि सबैभन्दा राम्रो अभ्यास भनेको सूचना आदानप्रदान प्रणाली हो, यसले बासिन्दालाई पूर्व सूचना जानकारी दिन्छ, ’ मेयर लिम्बुले भने,‘त्यसले पानी पर्ने बित्तिक्कै सम्भावित खतरा टार्ने तयारी सुरु भई हाल्छ ।’

दोधारा चाँदनी नगरपालिकालाई बाढी लगायतका विपद् रोकथाम, उद्धार तथा राहत वितरणका लागि ८ क्लस्टरमा बाँडिएको छ । नगर प्रमुखका नेतृत्वमा विपद् व्यवस्थापन समिति, वडा र टोलहरुमा विपद् व्यवस्थापन समिति छन् ।

मेयर लिम्बुका बाढीको सम्भावित खतरालाई मध्यनजर गरी पूर्व तयारीका लागि घट्ना अभ्यास कार्यलाई पटक पटक गर्ने गरिएको छ ।

‘विपद् व्यवस्थापन समिति, पानी पर्ने बित्तिक्कै बैठक बसेर निर्देशन दिन्छ, नगरपालिकाभरि ८ क्लस्टर छन्’ मेयर लिम्बुले भने,‘हाम्रोमा बाढीबाट जोगिन सबैभन्दा राम्रो अभ्यास भनेको सूचना हो प्रणाली हो ।’

मेयर लिम्बुका अनुसार नगरपालिका कार्यालयलाई जल तथा मौसम विभाग कार्यालयबाट जानकारी आउँछ । त्यसका आधारमा नगरपालिकाले वडा र टोलसम्म सम्भावित खतराबाट जोगिन सूचना पुगाउने गरिएको छ ।

मौसम विभागबाट आउने सूचनालाई वस्तीसम्म पुगाउने सन्देश वाहक छन् । उनीहरु मार्फत सूचना आदानप्रदान गरिन्छ ।

dirghayi clinic

नगरपालिका क्षेत्रमा आइभिआर प्रणाली पनि जडान गरिएको मेयर लिम्बुले बताए । जोगबुडा नदीमा जल स्तर मापन केन्द्र पनि राखिएको छ । नगरपालिकाले बाढीमा उद्धारका लागि मोटर बोट खरिद गरी प्रयोगमा ल्याएको छ । 

विपद्को समयमा बुढाबुढी, अपाङ्गता भएका व्यक्ति , महिला र बालबालिकालाई सुरक्षित स्थानमा लैजान प्राथमिकता दिइने गरिएको मेयर लिम्बुले बताए ।

भदौ दोस्रो साताको बाढीबाट दोधारा चाँदनी नगरपालिकामा क्षेत्रमा डेढ सय बढी घर परिवार विस्थापित भएका थिए । दोधारा चाँदनी नगरपालिका ३ पटराखल्लाका २२, ८ नं. जर्का टोलका ३४, १० नम्बर शान्ति टोलका २२ र ८ नम्बर सुन्दर नगरका वासिन्दा बाढीबाट विस्थापित भएर सुुरक्षित स्थानमा राखिएका हुन् ।

बर्खा याम सुरु भएपछि बाढीको सम्भावित खतराबाट वासिन्दालाई जोगाउनु नगरपालिकाले आवश्यक कार्य सुरु गर्ने मेयर लिम्बुले बताए । ‘बर्खा याम सुरु भएपछि हामी यसमा लागि हाल्छौ, यसमा गैर सरकारी संस्थाले पनि साथ दिएका छन्’ उनले भने ।

दोधारा चाँदनी महाकाली नदी र जोगबुडा नदीको बाढीबाट वर्षौदेखि पीडित छ । कहिलेकाँही जोगबुडाको बाढी हिउँदमा समेत बस्ती पस्ने गरेको स्थानीय बताउँछन् ।

ेभारतले नाग्ला स्केपबाछ छाड्ने पानी दोधारा चाँदनी नगरपालिका ७ कञ्जभोज आएर जोगबुडामा मिसिन्छ । नाग्ला स्केपको पानी कञ्चभोजमा मिसिएपछि हिउँदमा समेत बाढी आउने गरेको छ ।

मेयर लिम्बु हिउँदको बाढीले दोधारा चाँदनी नगरपालिका १० कुतियाकर, सुन्दरनगर, जर्का टोल लगायतका वस्तीलाई असर पार्ने बताउँछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले महाकाली नदी उत्खनन कार्य बन्द गराएपछि कुतियाकबर क्षेत्र बर्सेनी बाढीको चपेटामा पर्न थालेको छ । उत्खन्न बन्द भएर महाकाली नदीमा जोगबुढा थुनिएर बस्तीमा बाढी पस्ने गरेको हो ।

‘महाकाली नदीमा जहाँ जोगबुढा मिसिन्छ, त्यहाँ उचो भइ सकेको छ, पहिले त्यहाँ ढुङ्गा, बालुवा निकालेर यता जोगबुडाको पानी निकास हुन्थ्यो, अहिले त्यो भाग उचो भएर पानी यतै फर्किन्छ’ मेयर लिम्बुले भने,‘त्यसपछि पानी थुनिएर बाढी आउँछ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यस अघि नदीमा रोयल्टी ठेक्का दिएर उत्खनन गराउँदै आएको थियो । अहिले निकुञ्जले उत्खनन रोकेपछि नदीमा नदीजन्य पदार्थ भरिएर सतह उचो हुन पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका प्राविधिक सुरेश शाहको नेतृत्वमा नदीजन्य पदार्थ उत्खननका लागि अध्ययन गरिएको छ । शाह नेतृत्वको समितिले उत्खनन गर्न सुझाव दिएपछि विपद् व्यवस्थापन समितिले उत्खनन गर्ने निर्णय गरेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले निर्णय मान्न अस्वीकार गरेपछि नदीजन्य सामाग्री उत्खनन गर्न सकिने अवस्था नभएको मेयर लिम्बुले बताए ।

महाकाली नदीमा उत्खनन र जोगबुडा नदीमा बलियो पक्की तटबन्ध बनाएर मात्रै कुतियाकरलाई जोगाउन सकिने मेयर लिम्बुले बताए ।

दोधारा चाँदनी नगरपालिका ३ पटारा खल्लामा पानी निकासका लागि बनाइएका पाइपबाट पानी पसेर बस्तीमा बाढी आएको हो ।

महाकाली सिँचाई आयोजना तेस्रो चरणले पटारामा खल्लामा तटबन्ध बनाएको छ । बस्ती नजिक खल्लाको पानी निकासका लागि स्थानीयको दबावमा तटबन्धमा पाइप राखिएका छन् । अहिले ती पाइपबाट जोगबुडाको पानी भित्र पसेर बस्तीमा बाढी आएको हो ।

स्थानीयको विरोध र दबावले नदीमा साँघुरो तटबन्ध निर्माण हुन पुगेको छ । तटबन्ध निर्माणलाई लिएर मुद्दा परेको थियो । भदौ दोस्रो साता बाढी आएपछि तटबन्ध गुणस्तर हिन भएको भन्दै स्थानीयहरु नाराबाजीमा उत्रिएका थिए । बाढीले तटबन्ध समेत भत्काई दिएको छ ।

दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा गत आर्थिक वर्षमा विवाद भएर तटबन्ध निर्माण हुन सकेन । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा जोगबुडा नदी नियन्त्रणका लागि ४५ लाख बजेट विनियोजन गरेको थियो ।

दोधारा चाँदनीका मेयर लिम्बुले महाकाली र जोगबुडा नदीमा बलियो तटबन्ध निर्माण नभएसम्म बाढीलाई वस्तीमा आउन रोक्न सकिने अवस्था नभएको बताए ।

उनले तटबन्ध बनाउन स्थानीय सरकारसित सामथ्र्य नभएको उल्लेख गर्दै भने,‘बजेट त माग्छौ, दिँदैनौ, नपाको बजेट यो पुग्दैन ।’

Himal dental
सम्बन्धित
Loading...