ghar sansar

ऋण तिर्न हुँदैन भन्नेबाट सरकार गठनका लागि सुझाव लिन दुर्भाग्यपूर्ण : वरिष्ठ अधिवक्ता चन्द 

khasi

महेन्द्रनगर । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दले बैंक, वित्तिय संस्था र सहकारीको ऋण तिर्न हुँदैन भनेर आन्दोलन गर्नेले अन्तरिम सरकार गठनका लागि सुझाव दिन दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. को २७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि चन्दले सहकारी लगायतका सबै वित्तिय संस्थाबाट लिएको ऋण इमान्दार पूर्वक रुपमा तिर्नु पर्ने बताए ।

dirghayi clinic

‘सहकारीले ऋण दिने, ऋण लिई सकेपछि त्यसको सदुपयोग हुनु पर्छ, समयमा ऋण भुक्तानी पनि गर्नु पर्छ’ वरिष्ठ अधिवक्ता चन्दले भने,‘अब सहकारी, बैंक, वित्तिय संस्थाबाट लिएको ऋण तिर्नु हुँदैन भन्ने नै सरकार गठनका लागि सुझाव दिन पुगे, यो निकै दुर्भाग्य पूर्ण अवस्था हो, अन्तरिम सरकार गठनको लागि नेतृत्व गरेको बाहिर आयो, यो दुर्भाग्य पूर्ण अवस्था हो ।’

चन्दले सहकारीले विधि सम्मत निक्षेप संकलन र ऋण गर्न पर्न सक्ने उल्लेख गर्र्र्दै ऋण अशुलीमा कर्मचारी र ऋण उप समिति दुबै जिम्मेवार हुन पर्ने बताए । कर्मचारीहरुले अशुल गर्न सकिने अवस्था नभएमा ऋण उप समितिलाई जानकारी गराउनु पर्ने चन्दले उल्लेख गरे ।

‘हामीले गरेको काम नीति सम्मत, विधि सम्मत छ कि छैन, ऋण समयमा फिर्ता गर्न दायित्व हो’ उनले भने, ‘सहकारीका कर्मचारी र ऋण उप समिति दुबैले ऋण अशुलीमा दायित्व निर्वाह गर्न सक्नु पर्छ, ऋण कसरी अशुल गर्न सकिन्छ त्यता तिर ध्यान दिनु पर्ने हुन्छ ।’

सहकारीबाट लिएको ऋण अशुली नभएपछि त्यसको असर लाभाँश वितरण पर्ने चन्दले बताए । 

Himal dental
सम्बन्धित
Loading...