ghar sansar

एमाले नेता कँडेलको निधन

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य यज्ञ कँडेलको निधन भएको छ । बेलौरी नगरपालिकास्थित घरमा सोमबार विहान हृदयघात भएर नेता कँडेलको निधन भएको छ ।

कँडेल बेलौरीका उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले कँडेलको सोमबार विहान हर्ट अट्याटबाट निधन भएको जानकारी दिए ।

western public academy

२०७४ मा एमालेले बेलौरी नगरपालिकाको मेयरको टिकट नदिएपछि पार्टी छाडेर माओवादी केन्द्र प्रवेश गरेका उनी २०७९ को निर्वाचनमा फर्र्र्किएका थिए ।

एमाले फर्किएपछि उनी केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । २०७४ को निर्वाचन अघि कँडेल एमालेमा दक्षिणी क्षेत्रका प्रभावशाली नेताका रुपमा चिनिन्थे ।

Himal dental
सम्बन्धित
Loading...