ghar sansar

कञ्चनपुरमा थालियो ट्रेसलिङ्ग प्रविधिबाट पबरल खेती, यस वर्ष कृष्णपुरमा विस्तार गरिने

khasi

महेन्द्रनगर । कञ्चनपुरमा ट्रेसलिङ्ग प्रविधिबाट परबल खेती गर्न थालिएको छ । दोधारा चाँदनी नगरपालिका १० कुतियाकवरमा ट्रेसलिङ्ग प्रविधि प्रयोग गरी परबल खेती गरिएको छ ।

जोगबुडा नदी पारीको वस्ती कुतियाकवर हो । यहाँ ३६ परिवार बसोबास गर्छन् । उनीहरु सबै खेतीपाती गर्छन् । कुतियाकबरका मोतीराम सुनारको ६ कट्टामा ट्रेसलिङ्ग प्रविधिबाट परखेती गरिएको छ । सुनारले प्रविधिबाट उत्पादित परबल बजारमा ल्याएर बिक्री गरि सकेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले गत आर्थिक वर्षमा परीक्षणका रुपमा कुतियाकरमा ट्रेसलिङ्ग प्रविधिबाट परबल खेती गरेको छ । यो प्रविधिबाट पहिलो पटक परबल खेती गरिएको हो ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिठ कृषि प्रसार अधिकृत गोबिन्द सिजापतिले कञ्चनपुरमा पहिलो पटक ट्रेसलिङ्ग प्रविधिबाट परबल खेती गरिएको बताए ।

‘यस अघि किसानले भुईमा खेती गर्थे, गत वर्षदेखि ट्रेसलिङ्ग प्रविधि प्रयोग गरी खेती सुरु गरिएको छ’ उनले भने,‘यसमा यसमा केही संरचना खडा गरी खेती गरिन्छ, जसबाट खेतीपातीमा हुने नोक्सानी रोक्न सकिन्छ ।’

dirghayi clinic

दोधारा चाँदनीमा विगतदेखि परबल खेती हुँदै आएको छ । यहाँको परबल भारतीय राजधानी दिल्ली सहित विभिन्न सहरमा बिक्री हुने गरेको थियो । भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधपछि परबल भारतीय बजारमा जान रोकिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सिजापतिले यस वर्ष जिल्लाका अन्य क्षेत्रमा परबल खेती कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार परम्परागत र नयाँ प्रविधि दुबैबाट परबल खेतीका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

ट्रेसलिङ्ग प्रविधिबाट उत्पादन बढी हुने र किसानलाई फाइदा बढी हुने बताए । तरकारी खेतीका लागि सुरुमा भने लागत बढी लाग्ने उनको भनाई छ ।

यस वर्ष कृष्णपुरमा परबल खेती कार्यक्रम सञ्चालन गर्न लागिएको छ । सुदूरपश्चिम सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृष्णपुरलाई तरकारी पकेट क्षेत्र छनौट गरी बजेट विनियोजन गरेको छ । त्यस अनुसार तरकारी खेती अन्र्तगत परबल खेती कार्यक्रम सञ्चालन गर्ने तयारी थालिएको छ ।

ज्ञान केन्द्र प्रमुख सिजाली परबल खेती कार्यक्रम अन्र्तगत खेती प्रवद्र्धन, बजारीकर(ण गर्ने लगायतका कार्यक्रम गरिने बताए ।

कञ्चनपुरमा २६ हेक्टरमा परबल खेती हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी धर्म सिह साउँदले बताए । उनका अनुसार जिल्लामा २ सय ८ मेट्रिक टन परबल उत्पादन हुन्छ । ‘यस वर्ष परबल खेती कार्यक्रम छ, यसबाट क्षेत्र र उत्पादन दुबै बढ्छ’ उनले भने ।

किसानले अहिले स्थानीय बजारमा परबल बिक्री गर्दै आएका छन् । कृष्णपुरका किसानले कैलालीको धनगढी र अत्तरियासम्म पुगेर परबल बिक्री गर्न सक्ने कृषि प्राविधिकहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...