ghar sansar

भीमदत्त १ का वडा अध्यक्ष भुन्टुले बर्सेनी बाँड्छन् जनतालाई आफ्नो सेवा सुविधा

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिका १ का वडा अध्यक्ष आसेफ कुवँर ‘भन्टु’ ले आफूले पाउने सेवा सुविधा वडाका असहाय, ज्येष्ठ नागरिक र अशक्त नागरिकलार्ई वितरण गरेका छन् । वडा अध्यक्ष दोस्रो कार्यकाल वडा अध्यक्ष छन् । उनी पहिलो कार्यकालदेखि सेवा सुविधा बाँड्दै आएका छन् ।

२०७४ देखि काँग्रेसबाट निर्वाचित वडाध्यक्ष भुन्टुले अहिलेसम्म तलव र भत्ता आफुले उपभोग गरेका छैनन् । २०७४ सालमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भुन्टुले तलव भत्ता वाफतको सबै रकम वडाका नागरिकलाई वितरण गरेका थिए । त्यही कारण लोकप्रिय बनेका भुन्टु दोस्रो पटक २०७९ सालमा सहजै पुन वडाध्यक्षमा निर्वाचित भए । उनी अहिले पनि आफ्नो अठोटमा कायमै छन् ।

western public academy

चाडपर्वको अवसर पारेर असाय, बृद्धबृद्धा र असक्त नागरिकलाई तलब भत्ता वाफतको रकम वितरण गर्ने कार्यलाई वडाध्यक्ष भुन्टुले निरन्तरता दिदै आएका छन् ।

सोमबार दशैंको पहिलो दिन अर्थात घटस्थापना, बिधिपूर्वक सबैले घरघरमा पुजाआराधना गरी जमरा राख्दैं गर्दा वडाध्यक्ष भुन्टु भने बृद्धबृद्धा, असाय बालबालिका र असक्त नागरिकलाई खुशि बाँडदै थिए ।

दशैंको शुभकामना दिदै उनले वडाका १ सय ६२ जनालाई १ हजार ५ सयका दरले आफुले पाएको सबै तलव र भत्ता वितरण गरे ।

‘चाडपर्वका बेला मिठो खाने, राम्रो लुगा लगाउने सबैको रहर हुन्छ, त्यसैले असाय, बृद्धबृद्धा र असक्त नागरिकलाई दशैंका बेला केहि राहत होस भन्ने उदेश्यले आफुले पाएको तलव र भत्ता बाडेको हु ।’ उनले भने ‘आफुले सके जति खुशि बाँड्ने प्रयास गरेको छु, वहाँहरुले दिने आर्शिवाद नै मेरो सफलता हो ।’

आफ्ना जनप्रतिनिधिले राज्यबाट पाएको तलव भत्ता जेष्ठ, असक्त र असाय नागरिकलाई वितरण गरेकोमा वडाबासीले खुशि ब्यक्त गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...