ghar sansar

बेलौरीका व्यापारी दम्पत्तिलाई माओवादी कारवाहीबारे एमाले नेता बोहरा भन्छिन्– श्रीमान श्रीमतीहरुलाई बिलासिता र धन आर्जन गर्न भरपुर प्रयोग भएको नगरपालिकाको पाईपाई रकमको हिसाब माग्नु पर्छ

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । एमाले केन्द्रीय सदस्य कमला बोहराले बेलौरी नगरपालिकाको करार कर्मचारीलाई नियुक्त दुई व्यापारी दम्पत्तिलाई माओवादी केन्द्रले गरेको कारवाही गरेको समाचार खुसी भएको बताएकी छन् ।

माओवादी केन्द्रको बेलौरी नगर कमिटीले चित्तबुझ्दो स्पष्टीकरण नभएको भन्दै राज कम्प्यटुरका सञ्चालक राज कुमार चौधरी र उनकी श्रीमति रिता चौधरीलाई पार्टी सदस्य समेत नहरने गरी कारवाही गरेको थियो । रिता नगर कमिटी सदस्य र सञ्जय पार्टी सदस्य थिए ।

western public academy

बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर उम्मेदवार हुन् । बोहराले नगरपासित सबै खर्चको हिसाबकिताब माग्नु पर्ने समेत बताएकी छन् ।

उनले भनेकी छन्, ‘नेकपा माओवादी पार्टी र सिंगो थारु समुदायको सेन्टीमेन्टमा खेलेर बेलौरी नगरपालिका लाई कानुन बिपरित बिभिन्न नाममा दोहन गर्दै आएका राज उर्फ राजकुमार र रितु उर्फ रिता कुमारी चौधरी लाई नेकपा माओवादी पार्टीले संगठित सदस्य नरहने गरि कारवाही गरेको समाचार पढ्दा अत्यन्तै खुशी लागेको छ । सर्वहारा श्रमजीबी जनताको रातो रगतले सिन्चित माओवादी पार्टीमा सहिद तथा बेपत्ता परिवार अथवा निम्न बर्गीय समुदायको प्रतिनिधित्व वा समाज परिवर्तनको आन्दोलनमा लागेका कर्मठ योद्धाहरुलाई ब्यवास्था गरि उहांहरु श्रीमान श्रीमतीहरुलाई बिलासिता र धन आर्जन गर्न भरपुर प्रयोग भएको बेलौरी नगरपालिकाको पाई पाई रकमको हिसाब जनताले माग्नु पर्छ । ब्यक्तिगत रुपमा उहाँहरुको प्रगति र उन्नतीको शुभकामना छ तर पार्टी पद या पावरका नाममा गरिने जस्तासुकै तानासाहका बिरुद्धमा बोल्नु लेख्नु र सुसुचित गर्नु सचेत नागरिकको धर्म हो । हामीलाई हाम्रो करबाट आएको बजेट दुरुपयोग गर्ने कुरा कदापी स्विकार्य हुने छैन । सामाजिक सन्जालमा जथाभावी गालिगलौच र धम्क्याउने कुरा कदापी सह्यीय हुने छैन र कानुनी उपचार खोजिनेछ ।’

Himal dental
सम्बन्धित
Loading...