

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपिन जोशीको परिवारलाई २ लाख सहयोग गर्ने भएको छ । इजरायल र हमास समूहको युद्धका क्रममा ज्यान गुमाएका भीमदत्त–३ मालिकार्जुन टोल स्थित विपिनको परिवारलाई आर्थिक सहयोग प्रदान गरिने नगर प्रमुख पदम बोगटीले बताएका छन ।

मंगलबार मेयर बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् । उनले सो क्रममा विपिनको सम्झनामा चोक बनाउने घोषणा गरे ।
दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले बन्धक बनाएको थियो । पछि युद्धविरामअन्तर्गत अन्तिम समयमा २७ असोज २०८२ मा विपिनको शव हमासले इजरायललाई बुझाएको थियो । त्यसपछि ४ कात्तिक ०८२ मा महाकाली नदीमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको थियो ।
