ghar sansar

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य भट्टले छाडे पार्टी, स्वतन्त्र बस्ने घोषणा

khasi

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी पद र सदस्यता दुवै परित्याग गर्दै स्वतन्त्र रूपमा समाजसेवामा लाग्ने घोषणा गरेका छन् ।

भट्टले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत पार्टीभित्रको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादजस्ता प्रवृत्तिप्रति गम्भीर असन्तोष जनाउँदै अब एमालेमा रहन नसक्ने बताएका छन् ।

western public academy
dirhayu

उनले भनेका छन्, “इमानदार कार्यकर्ता र नेताको मूल्याङ्कन हुने परम्परा हराउँदै गएको छ । सत्ता र स्वार्थका लागि पार्टीहरू चरम अवसरवादमा डुबेका छन् ।”

भट्टका अनुसार उनले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टी विभाजनपछि पनि एमालेमै रहँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका थिए ।

उनले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै भनेका छन्, “बाल्यकालदेखि संघर्षपूर्ण जीवन बिताएँ । विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा कैयौं पटक गिरफ्तारी, यातना र व्यक्तिगत क्षति सहनुप¥यो। तर न्याय र परिवर्तनको विश्वास कहिल्यै हराएन ।”

भट्टले आफू अब स्वतन्त्र नागरिकको हैसियतमा समाज र देशका लागि आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने बताउँदै भनेका छन्, “देश दुई ठूला दलको अपवित्र गठबन्धन र भ्रष्टाचारको दलदलमा फसेको छ। अब आत्मालोचना गर्दै नयाँ बाटो रोजेको छु ।”

Himal dental
सम्बन्धित
Loading...