ghar sansar

कञ्चनपुरमा एमालेको जन प्रदर्शन

khasi

भुवन भट्ट
महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकता विरुद्ध एकजुट बनौँ” भन्ने नाराका साथ मंगलबार बिहानदेखि साझँसम्म जिल्ला स्थित सबै पालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले बताइन् ।

एमाले बेदकोट नगर कमिटीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका केन्द्रीय समिति सदस्य कृपाराम रानाले संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए । संविधान, लोकतन्त्र, देशको राष्ट्रियता र अस्मितालाई रक्षा गर्दे स्वाधीन राष्ट्र निर्माण गर्न एमालेले देश व्यापीरुपमा जनप्रदर्शनका कार्यक्रम गरिरहेको उनले बताए ।

western public academy

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण देशमा अराजकता मच्चाउने कार्य भएको, नेपालको ऐतिहासिक धरोहर सिंहदरबार जलाइएको भन्दै उनले आपत्ति जनाए । जेनजीको नाममा भएको घुसपैठको कारणले राष्ट्रले ठुलो क्षति बेहोर्नुपरेको उनले बताए । उनले भने, अब एमालेले संविधानको रक्षा गर्न चाहान्छ, सर्वदलीय राष्ट्रिय सरकार गठन गर्ने चाहन्छौ ।”

dirhayu

संसद् पुनस्र्थापना हुनुपर्नेमा जोड दिँदै उनले निर्वाचनबाट देशलाई निकास दिनु अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए । देशमा लोकतन्त्रको रक्षा गर्न, विधिको शासन सञ्चालन गर्ने, यो देशको सार्वभौम सत्ता, अखण्डतालाई बलियो गरेर अगाडी बढाउन नेकपा एमाले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको पार्टीको प्रदेश कमिटी सदस्य पार्वती जोशीले बताइन् ।

जनप्रदर्शनलाई संवोधन गर्दे नेकपा एमाले बेदकोट नगरकमिटी अध्यक्ष हरि गिरीले जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउने, निजी सम्पत्ति जलाउनेहरूमाथि कडा कारबाही गरिनुपर्ने माग राखे । पालिकाहरूमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन पछि जनप्रदर्शन कोणसभामा परिणत भएको थियो ।

जनप्रर्दशन पछि कोणसभालाई सम्बोधन गर्दे नेकपा एमालेका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले सरकारले राम्रा काम गर्न खोज्दा खोज्दै पनि आक्रमण गरिएको बताइन् ।

सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको, राजदूत व्युताउने कार्य भएको भन्दै अध्यक्ष बुढाले संविधानमा टेकेर सरकार बनाउनु पर्ने र संविधान बाहिर बनेको जो सुकै सरकार पनि एमालेलाई मान्य नहुने बताइन् ।

एमाले कञ्चनपुरको यसअघि पार्टी कार्यालयमा बसेको बैठकले कार्तिक २५ गते जनप्रदर्शन गर्ने, २९ गते सदरमुकाममा प्रदर्शन गर्ने, भदौ २४ गते पार्टी कार्यालयमा भएको तोडफोड र आगजनी गर्नेमाथि किटानी जाहेरी दिने लगायतका निर्णय गरेको थियो ।

सोही निर्णय अनुरूप, पार्टीले जिल्ला स्थित पालिकाहरूमा मंगलबार जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ठूलो सङ्ख्यामा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...