ghar sansar

दम्भ छोडेर सबैको भावना कदर गरी अघि बढ्नको विकल्प छैन – एमाले नेता महरा

khasi

महेन्द्रनगर । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एबम् शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले एमाले नेतृत्वलाई समसामयिक राजनीतिक घटनाक्रमको सही ढङ्गले विश्लेषण गर्न सुझाव दिएका छन् ।

dirghayi clinic

उनले नेतृत्वलाई दम्भ छाडेर सबैको भावनाको कदर गरी मिलाएर अघि बढ्ने विकल्प मात्रै बचेको भन्दै सचेत गराएका छन् ।

‘नेकपा एमालेको नेतृत्वले अहिलेको राजनीतिक घटनाक्रमको सहि ढङ्ग्ले विश्लेषण गरेर दम्भ छोडेर सबैको भावना को कदर गरेर मिलाएर लैजानुको बिकल्प देखिदैन।नत्र केगरिस मङ्ग्ले आफ्नै ढङ्ग्ले’ नेता महराले सामाजिक सञ्जालमा भनेका छन् ।

एमालेले नेतृत्व विरुद्ध अभिव्यक्ति दिएको भन्दै पार्टीबाट कारवाही गरी निष्कास गरेका पूर्व उपाध्यक्ष डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि महराको अभिव्यक्ति आएको हो ।

Himal dental
सम्बन्धित
Loading...