ghar sansar

सूर्याेदय सहकारीको १७ औं साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । सूर्योदय बहुउद्दश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका संस्थाका पूर्व अध्यक्ष विष्णुदत्त भट्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलले गरे । कार्यक्रममा अध्यक्ष खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

western public academy

साधारण सभामा असल बचकर्ता, असल ऋणी, एसइईमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका सन्तानलाई सम्मान, ज्येष्ठ नागरिक र कृषि समूहलाई सम्मान गरिएको छ ।

अलि बचतकर्तामा भीमदत्त नगरपालिका ९ ब्रह्मदेबका चक्र बुढालाई सम्मान गरिएको छ । असल ऋणीमा शंकर सिह कार्की र विष्णुदत्त जोशी सम्मानित भए ।

शेयर सदस्य पदमराज भट्टका छोरा प्रनिश भट्ट र डिल्ली प्रसाद खरेलका छोरा किर्तज्ञ खरेललाई एसईई उत्कृष्ठ सम्मान प्रदान गरिएको छ । कार्यक्रममा खरेल आफैं सहभागी भएर सम्मान ग्रणह गरे ।

उनीहरु दुबैलाई नगद सहित सम्मान गरियो । भीमदत्त नगरपालिका १८ का जयराज पण्डितलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको छ । यसैगरी सहकारी आवद्ध १० कुषि समूहका सदस्य र बेदकोट सेवा केन्द्रका ईश्वरी कार्की धानुकलाई कर्मचारी सम्मान प्रदान गरिएको छ ।

मनकामना कृषि समूहका उषा थापा, पृथ्वी कृषि समूहका बिस्ना चौधरी, पिपल चौतारीका पार्वती नेगी, उदयदेबका पूजा बोहरा, कोपिलाक अनिता पाल, प्रगतिका सरस्वति धामी र लक्ष्मी महिलाका धना पुजारालाई सम्मान गरिएको छ ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि भट्ट र सहकारी अध्यक्ष खरेलले टिका र खादा लगाएर सम्मान गरे ।
कार्यक्रममा कोषाध्यक्ष विष्णु प्रसाद खरेलले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र केसीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

dirhayu

साधारण सभामा एमाले कञ्चनपुर उपाध्यक्ष जनकराज अवस्थी, शेयर सदस्यहरु माया भट्ट, गंगादत्त जोशी, गंगा जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका सचिव धुब्रराज भट्टले सञ्चालन गरेको कार्यक्रममा सह सचिव उमेशराज पाण्डेयले स्वागत मन्तव्य राखे ।
सहकारीका अध्यक्ष खरेलले १७ औं साभारण सभाबाट सहकारीका शेयर सदस्य र शेयर पूँजी दुबै वृद्धि गर्ने लक्ष्य लिइएको बताए ।

अध्यक्ष खरेलका अनुसार सहकारीले आगामी वर्ष ५ करोड शेयर पूँजी पुगाउने लक्ष्य लिएको छ । त्यसका लागि सबै शेयर सदस्य सदस्यलाई एक हजार कित्ता शेयर अनिवार्य गरिएको छ ।

आगामी वर्ष तोरी उत्पादन कार्य सुरु गर्ने, महिला शेयर सदस्यलाई एक हजार एक सय सुत्केरी खर्च दिने,मृत्यु हुने शेयर सदस्यका परिवारलाई ५ हजार दिने, महिला उद्यमीलाई सहुलियत कर्जा दिने लगायतका प्रस्ताव पारित गरिएका छन् ।

हाल सहकारीका ५ हजार बढी शेयर सदस्य र तीन करोड १० लाख शेयर पूँजूी छ ।

आर्थिक वर्ष २०८१÷०८२ सम्म २४ करोड ३६ लाख निपेक्ष संकलन गरिएको छ । ९ करोड ८२ लाख लगानी भएर ८ करोड ३७ लाख ऋण अशुली गरिएको छ ।

२०६५ मा ३० जना शेयर सदस्यले एक लाख ४४ हजार शेयर पूँजी संकलन गरी सहकारी स्थापना गरिएको थियो ।

सहकारीले कृषि ऋणमा ३ प्रतिशत छुट दिएर किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ । कृष्णपुर, झलारी, बेल्डाँडी र बेदकोट नगरपालिकामा सहकारीका सेवा केन्द्र सञ्चालन छन् ।

             

Himal dental
सम्बन्धित
Loading...