

महेन्द्रनगर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश महेन्द्रननगर शाखाद्वारा भीमदत्त नगरपालिका वार्ड नं ४ अन्तर्गत निङ्गलाशैनी माध्यमिक विद्यालयमा गरिब तथा जेहन्दार विद्यार्थीलाई कापी र झोला वितरण गरिएको छ ।



विद्यार्थीहरुलाई ७० थान झोला र ४ सय २० थान कापी वितरण गरिएको छ । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ , विमक नेपाल लाइफका पदाधिकारी सहभागी भए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदूरपश्चिम प्रमुख दिपक भट्टले विद्यार्थीलाई झोला सहित सामाग्री हस्तान्तरण गरे ।


