

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमाकरन सिह निर्वाचित भएका छन् । सहकारीका निवर्तमान कार्य बाहक अध्यक्ष सिह प्रतिद्वन्द्वी हिक्मत बहादुर सिहलाई फराकिलो मत अन्तरले पराजित गरी विजयी भएका छन् ।
अध्यक्षमा सिहले १ हजार ४ सय २२ र प्रतिद्वन्द्वी सिहले ८ सय ११ मत ल्याएका छन् । अध्यक्षमा ६ सय ११ मत अन्तर छ । अध्यक्षका उम्मेदवारद्वय सिह नातेदार हुन् । अध्यक्ष निर्वाचित सिह प्रतिद्वन्द्वी सिहका बाजे नाता पर्छन् ।

सहकारीका तत्कालिन अध्यक्ष दमन बहादुर सिहको निधन भएपछि सिह कार्य बाहक भएका थिए । उनी दशैंमा घर मर्मत र रङ्ग रोगमा क्रममा लडेर घाइते भएका थिए ।
उनको खुट्टामा चोट लागेपछि घरमै आराम गरि रहेका थिए । घरमा बसेर चुनाव प्रचार गरी सिह अध्यक्ष निर्वाचित भएका छन् । ‘यो सबै विश्वास हो’ विजयी भएपछि सिहले भने ।

सहकारीको उपाध्यक्षमा साँघुरो मत अन्तरले मथुरा पन्त निर्वाचित भएकी छन् । पन्तले प्रतिद्वन्द्वी कृष्ण प्रसाद जोशीलाई उपाध्यक्षतर्फ मथुरा पन्त १३ मतले पराजित गरिन् । पन्तले १ हजार ९२ र प्रतिद्वन्द्वी जोशीले १ हजार ७९ मत ल्याएका छन् ।
सदस्यहरुमा अशोक बहादुर सिंह (१०७५), ईन्द्र प्रताप पाण्डे (११७१), गीता सेठी (८५५) गोविन्द भट्ट (११८१) र द्रोपती सुनार (८८७ ) मत ल्याएर निर्वाचित भएका छन् ।
निर्वाचनमा ४ हजार ९ सय ३६ मतदातामध्ये २ हजार ५ सय ३३ मत खसेको थियो । त्यसमा २ हजार ४ सय ९१ मत सदर भएको थियो ।
समितिको सचिवमा विष्णुदत्त भट्ट र कोषाध्यक्षमा खीमा चन्द सर्वसम्मत भएका थिए । यसैगरी लेखा सुपरीवेक्षण समितिमा संयोजक शम्भुराज भट्ट तथा सदस्यमा कमला भण्डारी र गणेश सिंह भण्डारी सर्वसम्मत चयन भए ।
मतगणना आइतबार साँझ ८ बजे सुरु भई सोमबार दिउँसो १२ः३० बजे सम्पन्न भएको थियो ।

