ghar sansar

१औँ महाधिवेशन प्रतिनिधि छनौट : आत्मविश्वास र परिपक्वताको आँखामा प्रतिस्पर्धा

little buddha academy
khasi

ईश्वरी प्रसाद खरेल
पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक मात्र होइन, एक सशक्त संगठनको चिन्ह पनि हो। कुनै पनि राजनीतिक दल भित्र आन्तरिक लोकतन्त्र जीवित रहनु छ भने स्वस्थ प्रतिस्पर्धाको संस्कृति मजबुत हुनैपर्छ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियामा देखिएको सक्रियता र प्रतिस्पर्धा यसैको प्रतिबिम्ब हो । प्रतिस्पर्धा भएपछि जित–हारको परिणामलाई सहर्ष स्वीकार्ने राजनैतिक परिपक्वता आवश्यक हुन्छ ।

आफुले जितेपछि सबै ठीक, हारेपछि सबै गलत देख्ने प्रवृत्तिले आफु बलियो हुँदैन, बरु कमजोर भैन्छ। चुनावी परिणामको दोष अरू कसैमा थोपर्ने प्रवृत्ति—“अमुक नेताका कारण हारे”, “जित्नेहरू सबै दास भए”, “म मात्र स्वतन्त्र कार्यकर्ता हुँ”—जस्ता कथनहरूले अन्ततः आफ्नै कमजोरी उजागर गर्छन् । यो राजनीतिक परिपक्वताको होइन, क्ष णिक उत्तेजनाको उपज हो ।

,orning glory badhai
dirghayi clinic

यथार्थ के हो भने, एक माघले जाडो जाँदैन बुझ्नु पर्छ। प्रतिनिधि छनौटमा मतदान गर्ने कार्यकर्ताहरू कुनै सामान्य भीड होइनन्—उनीहरू पार्टीको मेरुदण्ड हुन्  । उनै कार्यकर्ताहरूलाई दोषारोपण गर्नु, गाली गर्नु, उनीहरूको निर्णयलाई अपमान गर्नु पार्टीप्रति नै अनादर हो । नेकपा एमालेको शक्ति कार्यकर्ता नै हुन् । त्यसैले परिणाम जस्तो भए पनि, कार्यकर्ताको फैसला नै अन्तिम र सम्मानयोग्य हुन्छ । जित्नेहरू अहंकारी नबनून् । हार्नेहरूले आत्मालोचना गर्न सिकून् । अर्को प्रतिस्पर्धाका लागि तयारी गर्दै अघि बढ्नु नै सच्चा कार्यकर्ताको गुण हो ।

दलहरू चुनावी राजनीतिमै होइन, आन्तरिक लोकतन्त्रमा पनि उति नै सक्षम हुन्छन् । प्रतिनिधि छनौटमा भएको प्रतिस्पर्धाले एमालेभित्र उत्साह, सक्रियता र जीवन्तता प्रकट गरेको छ—यही संस्कृति दीर्घकालमा पार्टीलाई अझ सुदृढ बनाउनेछ । पार्टीभित्र विचार र व्यक्तिको बहस जारी रहोस्, तर आपसी सम्मान, परिपक्वता र सकारात्मक प्रतिस्पर्धाका आधारमा जसले जिते पनि, जसले हारे पनि सबै एकै परिवारका सदस्य हुन् । महाधिवेशनको मार्गयात्रा यस्तै स्वस्थ राजनीतिक संस्कारले सुन्दरता ल्याओस र सफल होस् 

हार्दिक शुभकामना !

Himal dental
सम्बन्धित
Loading...