
एमाले महाधिवेशन प्रतिनिधिमै किन रोक्न खोजिएको थियो डा. भट्ट र सिहलाई ?
भट्टलाई अत्यधिक मत, सिह सर्वसम्मत

महेन्द्रनगर । एमाले महाधिवेशन प्रतिनिधिमा छनोट पूर्व साँसद डा. दिपक प्रकाश भट्ट र युवा नेता बचन बहादुर सिह एमालेभित्र चर्चाका पात्र बनेका छन् ।
एमाले पूर्व साँसद भट्ट कञ्चनपुर ३ बाट खुलातर्फ प्रतिनिधिमा निर्वाचित भएका छन् । डा. भट्ट दुई तिहाई मत पाएर प्रतिनिधि निर्वाचित भएका हुन् । उनले ५३७ मत ल्याएका छन् ।
राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष सिंह कञ्चनपुर २ बाट २ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन । कञ्चनपुरबाट २ बाट निर्वाचित हुने ५ प्रतिनिधिमा सिह र रण बहादुर महरा सबैभन्दा पहिला सर्वसम्मत भएका हुन् । शनिबारम्म डा. भट्ट र सिंह दुबैलाई प्रतिनिधिमा रोक्ने प्रयास गरिएको हल्ला बाहिर आएका थिए ।
दुबै नेता केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएकाले उनीहरुलाई प्रतिनिधिमा रोक्न लागिएको कारण नेता कार्यकर्ताले बताएका थिए ।
प्रतिनिधिमा रोक्ने प्रयास गरिएको हल्ला विपरित दुबै जना आ आफ्नो क्षेत्रबाट पार्टी कार्यकर्ताहरुको अभूतपूर्व साथ पाएर महाधिवेशन प्रतिनिधि बनेका छन् ।
पूर्व साँसद भट्ट र सिह दुबै जना एमालेमा अहिले संगठित सदस्य छन् । २०७४ को आम निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भट्ट केही समय एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भएका थिए ।
सिह एमालेको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षका आकाँक्षी थिए । २०७९ को आम निर्वाचनमा उनी कृष्णपुर २(१) बाट तत्कालिन काँग्रेस माओवादीको गठबन्धनसित साँधुरो मतान्तरले पराजित भएका थिए ।
डा. भट्ट एमाले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका थिए । एमाले नेताहरुको केन्द्रीय सदस्य मनोनित गर्ने आश्वासनपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।
अघिल्लो महाधिवेशनमा उ्रम्मेदवार भएकाले डा. भट्ट केन्द्रीय सदस्यमा चुनाव लड्ने निश्चित भएको उनी निकट नेताहरु बताउँछन् । सिहले केन्द्रीय सदस्य उम्मेदवार हुने बताएका छन् ।
एमालेको १० औं महाधिवेशनका लागि कञ्चनपुरबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका थिए । ११ औं महाधिवेशनमा जिल्लाभरका १६ प्रतिनिधिमा ९ जना निर्वाचित र ७ जना सर्वसम्मत भएका छन् ।
यस पटक पनि जिल्लाभर सर्वसम्मत बनाउन अघिल्लो दिनसम्म सहमतिका लागि छलफल गरिएको थियो । क्षेत्र नं. १ मा सबै प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएर आएका छन् । ३ नम्बरमा महिला बाहेक अन्य मतदानबाट आएका छन् । २ नम्बरमा भने निर्वाचन निर्वाचनका दिनसम्म निर्वाचन कार्यतालिका संशोधन गरी सहमति गरिएको छ ।

कञ्चनपुरका १६ प्रतिनिधिमध्ये ३ का भट्ट र २ का सिह रोक्ने प्रयासका बाबजुद अत्यधिक मत र सर्वसम्मत भएर प्रतिनिधि भएपछि पार्टीमा बलियो नेताका रुपमा स्थापित भएको नेताहरु बताउँछन् ।
कञ्चनपुर ३ बाट प्रतिनिधिमा निर्वाचित भट्ट जनता र पार्टी दुबैमा लोकप्रिय भएकाले अत्यधिक मत सहित प्रतिनिधि भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कर्ण बहादुर चन्दले बताए । ‘वहाँ डाक्टर जनता र पार्टी दुबैमा लोकप्रिय भएकाले अत्यधिक मत पाए’ उनले भने ।
एमाले पार्टी कार्यालयमा भएको निर्वाचनमा पार्टीका दुबै गुटका मतदाताले डा. भट्टलाई मत दिएका छन् । निर्वाचनमा खसेको ८१६ मतमध्ये भट्टले ५३७ मत पाए ।
मतदान स्थलमा मतदाताहरु आफैंले डा. भट्टका लागि गुट नहेरी मत मागेको देखिएको नेताहरुले बताए । ‘एक मत जसरी पनि भट्टलाई दिऊ, अरु मत जसलाई दिँदा पनि हुन्छ भन्ने खालको माहौल देखियो’ एक नेताले भने ।
नेता सिहले चुनावी प्रतिस्पर्धामा एकले अर्कोलाई रोक्ने छेक्ने प्रयास हुने गरेको बताए । ‘यो नयाँ होइन, पार्टीभित्र यस्तो हुन्छ, यसलाई अन्यथा मान्नु हुँदैन’ उनले भने ।
एमाले कञ्चनपुर इन्चार्ज एबम् पोलिटब्युरो सदस्य निरुदेबी पाल र अर्का पोलिटब्युरो एबम् सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको गुट र गुट विना तेस्रो समूह चुनाव लडेका थियो ।
पाल समूहबाट खुलामा डा. भट्ट, जनकराज अवस्थी र युवामा नरेन्द्र सिह कार्की उम्मेदवार थिए । उनीहरुमा खुलामा दुबै जना निर्वाचित भए । युवामा गुट बाहिरका ओम बस्नेतले जित्दा पाल गुटका कार्की र रावलका केशब चन्द पराजित भएका छन् । दुबै गुटको साथ नपाएका बस्नेत पनि युवामा अत्यधिक मतले निर्वाचित भए ।
रावल गुटले कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधि निर्वाचनमा नराम्रो धक्का खाएको छ । रावल समूहका खुलामा महेश पन्त र युवा केशव चन्द पराजित भए ।
एमाले प्रदेश कमिटी सदस्य चन्दले साथ जिल्ला कमिटी सदस्य बिष्णु कँडेललाई थियो । कँडेलले निर्वाचनमा अनपेक्षित मत ल्याए । उनले ५० मत भन्दा बढी नपाउने हल्ला फैलाइएको थियो ।
एमाले नेता चन्दले कँडेलले शनिबार बिहान मात्रै उम्मेदवारी दिएको, प्रचारप्रसार गर्ने समय नपाएकाले पराजित हुनु परेको बताए । ‘जित्ने सम्भावना थियो, अलि तयारी पुगेन’ उनले भने ।
महाधिवेशन प्रतिनिधि छनोटमा पोलिटब्युरो सदस्य रावललाई केन्द्रीय सदस्यद्वय नर बहादुर धामी र कमला बोहराको साथ थियो । पाल समूहलाई केन्द्रीय सदस्य कृपाराम रानाको साथ रहेको नेताहरु बताउँछन् । राना कञ्चनपुर ३ का इन्चार्ज हुन् ।
एमाले आठौं अधिवेशनसम्मका पाल र रावल दुबै गुटका नेताहरु गुट परिवर्तन गरी एक अर्को गुटमा पुगि सकेका छन् । यस पटक पाल गुटका कँडेल र बस्नेत चुनाव लडेका छन् ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलले पार्टीभित्रको निर्वाचनले आन्तरिक लोकतन्त्र बलियो हुने र नेताहरुले आफूलाई परीक्षण गर्ने मौका मिल्ने बताए । ‘नेतालाई म कति बलियो छु भनेर तोल्ने मौका यहीं हो’ उनले भने ।
