ghar sansar

एमाले केन्द्रीय सदस्यका लागि कञ्चनपुरका यी नेताले लड्दै छन् चुनाव

khasi

महेन्द्रनगर । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि चयनपछि कञ्चनपुरबाट केन्द्रीय सदस्यका दाबेदार नेताहरुको चर्चा पार्टीभित्र हुन थालेको छ । कञ्चनपुरबाट हाल एमाले केन्द्रीय कमिटीमा ६ केन्द्रीय सदस्य छन् । उनीहरुमध्ये दुई जना पोलिटब्युरो सदस्य छन् ।

केन्द्रीय सदस्यमध्ये अधिकाँश दोहोरिने चाहना राखेका छन् । उनीहरु स्वतः महाविधेशन प्रतिनिधि हुने छन् । ती बाहेक महाधिवेशन प्रतिनिधिबाट चयन भएर आएका नेताहरु पनि केन्द्रीय सदस्यको दाबेदार हुने नेताहरु बताउँछन् ।

western public academy

एमाले केन्द्रीय कमिटी सदस्य कमला बोहरा फेरि केन्द्रीय कमिटी सदस्य हुने चाहना राखेको बताइन् । १० औं महाधिवेशनबाट बोहरा केन्द्रीय कमिटी सदस्य भएकी हुन् ।

‘म १० औं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय कमिटी सदस्य भए, यस फेरि केन्द्रीय सदस्य दोहोरिन चाहन्छु’ बोहराले भनिन् ।

कञ्चनपुरबाट अहिलेसम्म पदाधिकारी चुनाव लड्ने नेता देखिएका छन् । केन्द्रीय कमिटी सदस्य एबम् पोलिटब्युरो सदस्य निरुदेबी पाल, राजेन्द्र सिह रावल, केन्द्रीय कमिटी सदस्य नर बहादुर धामी र कृपाराम राना पनि केन्द्रीय सदस्यका दाबेदार हुने नेताहरु बताउँछन् । नेताहरुका अनुसार उनीहरु सबैले आफू निकटका नेता कार्यकर्तालाई दोहोरिने जानकारी दिइ सकेका छन् ।

केन्द्रीय कमिटी सदस्य इन्दु कडरिया विष्ट केन्द्रीय कमिटी सदस्यको दाबेदार हुन नहुने अझै खुल्न सकेको छैन । मंसिर १३ गतेको महाधिवेशन प्रतिनिधि निर्वाचनमा पनि विष्टले सक्रियता नदेखाएको नेताहरुल बताए ।

हालका केन्द्रीय कमिटी सदस्यमध्ये पाल कञ्चनपुर इन्चार्ज छन् । धामी कञ्चनपुर क्षेत्र नं. २, बोहरा १ र राना ३ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज छन् ।

केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदावार लड्ने तयारीमा छन् । खरेल एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् । २०५४ को स्थानीय निकाय निर्वाचनमा खरेल भीमदत्त नगरपालिकाको उप मेयर निर्वाचित भएका थिए ।

भूगोलबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि पनि ११ औं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चुनाव लड्ने तयारीमा लागेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि निर्वाचित डा. दिपक प्रकाश भट्ट र २ का बचन बहादुर सिह केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरि रहेका छन् ।

एमाले पूर्व साँसद डा. भट्ट १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका थिए । पछि एमाले नेतृत्वको आग्रहमा डा. भट्ट उम्मेदवारीबाट पछि हटेका थिए ।

dirhayu

कञ्चनपुर ३ मा प्रतिनिधि निर्वाचनमा भट्टले दुई तिहाई मत पाएर प्रतिनिधिमा निर्वाचित भएका छन् । भट्टले खसेको ८१६ मतमा ५६७ मत पाए । भट्ट अहिले महाधिवेशन प्रतिनिधिहरुसित भेटघाट गर्न थालि सकेका छन् ।

कञ्चनपुर २ बाट महाधिवेशन प्रतिनिधि भएका सिह केन्द्रीय सदस्य चुनाव लड्ने बताउँछन् । राष्ट्रिय युवाका पूर्व केन्द्रीय अध्यक्ष सिह २०७९ को आम निर्वाचनमा काँग्रेस माओवादीको गठबन्धनसित कञ्चनपुर २(१) मा साँधुरो मत अन्तरले चुनाव हारेका थिए ।

महाधिवेशन प्रतिनिधि निर्वाचन अघि डा. भट्ट र सिह दुबैलाई प्रतिनिधिमा रोक्ने तयारी गरिएको हल्ला फैलिएको थियो ।

कञ्चनपुरबाट २ का महाधिवेशन प्रतिनिधि रण बहादुर महरा पनि केन्द्रीय कमिटी सदस्यका दाबेदार हुने नेताहरु बताउँछन् । महरा शुक्लाफाँटा नगरपालिकाका मेयर हुन् ।

एमालेका निवर्तमान साँसद तारालामा तामाङ्ग पनि केन्द्रीय सदस्य उम्मेदवार हुने नेताहरु बताउँछन् । २०७९ को आम निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ मा काँग्रेस माओवादी गठबन्धनलाई पराजित गरी साँसद निर्वाचित तामाङ्ग एमाले कञ्चनपुरका पूर्व अध्यक्ष हुन् । तामाङ्ग एमाले केन्द्रीय विभाग अन्र्तगतबाट प्रतिनिधि हुने छन् ।

कञ्चनपुर क्षेत्र नंं. १ बाट प्रतिनिधि निर्वाचित सुदूरपश्चिम सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा पनि केन्द्रीय सदस्यका दाबेदार छन् । थापा अत्यधिक मतले प्रतिनिधि निर्वाचित भएका छन् ।

भूगोलबाट निर्वाचित १६ सहित केन्द्रीय कमिटी र विभिन्न विभाग तथा मनजदुरबाट गरी २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने पाउने नेताहरु बताउँछन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट खुला बीर बहादुर थापा, पल्लबराव भट्ट, महिलातर्फ कमला चौधरी, कल्पना गिरी र युवामा काशीराम बोहरा निर्वाचित भए ।

निर्वाचन क्षेत्र नं. २ बाट खुलामा रण बहादुर महरा, बचन बहादुर सिंह, महिलातर्फ लक्ष्मी बुढा, पार्वती जोशी र युवामा प्रविन बोगटी प्रतिनिधि भएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपक प्रकाश भट्ट, जनकराज अवस्थी, महिलामा चिनी गिरी र युवामा ओम बस्नेत प्रतिनिधि छानिएका छन् ।

दलितबाट आरपी सार्की र लक्ष्मी बिक प्रतिनिधि भएका छन् । एमालेले मङ्सिर २७ देखि २९ गते सम्म काठमाडौँमा ११ औँ महाधिवेशन गर्न लागेको छ ।

Himal dental
सम्बन्धित
Loading...