ghar sansar

कञ्चनप्रका विक सहित एमाले महाधिवेशनका लागि सुदूरपश्चिमबाट १२ प्रतिनिधि मनोनित

khasi

महेन्द्रनगर । नेकपा एमालेले आजबाट सुरु भएको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यक्तिलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो ।
मनोनयन गरिएका प्रतिनिधिमध्ये सुदूरपश्चिम प्रदेशबाट १२ जना परेका छन् । सुदूरपश्चिमबाट मनोनीत हुनेमा पत्रकार, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरू समेटिएका छन् ।

dirghayi clinic

मनोनित प्रतिनिधिहरूमा अछामका शिवप्रसाद उपाध्याय, कञ्चनपुरका नरबहादुर बिक, बाजुराका हरिबहादुर रोकाया, कैलालीका प्रशान्त थापा, बैतडीकी जानकी ऐर बम, डडेल्धुराका विपिन ओझा, दार्चुलाका प्रेमसिंह धामी, कैलालीकी लोकशरी कुँवर र लक्ष्मी केसी, बझाङका बिरेन्द्र बहादुर खड्का र दिनेश नेपाली तथा डडेल्धुराका चक्र स्नेही छन् ।

यद्यपि, एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन गरिएका १०८ जना प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका आकांक्षी ईश्वर पोखरेलले असहमति जनाएका छन् । उनले मनोनयन प्रक्रिया र सूचीबारे फरक धारणा राख्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...