ghar sansar

सुख्खा बन्दरगाह र मझगाउँ विमानस्थल निर्माणका कानुनी अड्चन हटाउन माग गर्दै उद्योग बाणिज्य संघले बुझायो मन्त्री घिसिङ्गलाई मागपत्र

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले निर्माणाधिन ठूला योजनामा देखिएका कानुन झमेला हल गरी निर्माण कार्य सहज बनाउन उर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ्गसित माग गरेको छ ।

dirghayi clinic

कञ्चनपुरका निर्माणाधिन योजनाहरुको निरीक्षणका लागि आएका मन्त्री घिसिङ्गलाई बुधबार बिहान संघको सभा कक्षमा स्वागत गर्दै अध्यक्ष पिताम्बर जोशीले मागपत्र बुझाएका हुन् ।

संघले महाकाली करिडोर शीघ्र निर्माण, सुख्खा बन्दरगाह निर्माण, मझगाँउ एयरपोर्ट निर्माणमा देखिएका कानूनी अड्चन समाधान गरी शीघ्र निर्माणको माग गरेको छ ।

सीमा क्षेत्रका समस्या समाधान, उद्योगी व्यवसायीले डिमाण्ड लाईन वाफत तिर्नु परेको विद्युतको चर्को शुल्क, आम उपभोक्ताले विद्युत उपभोग गरे वाफत ति रिराखेको अत्यधिक विलम्व शुल्क घटाउनु पर्ने माग पनि मन्त्री घिसिङ्गलाई बुझाइर्एको माग पत्रमा समावेश गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...