

महेन्द्रनगर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्। एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन् ।

ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । पदाधिकारीहरूमा पनि अधिकांश ओली पक्षकै विजयी भएका छन् ।

