ghar sansar

सुदूरपश्चिमका लागि यस्तो रह्यो एमाले ११ औं महाधिवेशन

little buddha academy
khasi

महेन्द्रनगर । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ३ सय १ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारी सहित २४ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा केन्द्रीय उप महासचिव लेखराज भट्ट बाहेक अन्य सबै केन्द्रीय सदस्य भएका हुन् ।

एमाले केन्द्रीय लेखा आयोगमा ईश्वरी प्रसाद खरेल निर्विरोध सचिव भएका छन् । यसैगरी कैलालकी पबित्रा तिमिल्सेना अनुशासन आयोग सदस्य भएकी छन् । लेखा आयोग सचिव खरेल एमाले ११ औं महाधिवेशनबाट सुदूरपश्चिमका २६ नेता निर्वाचित भएका छन् ।

,orning glory badhai

कैलालीको लेखराज भट्ट सर्वाधिक मत ल्याएर केन्द्रीय उप महासचिव निर्वाचित भएका छन् । तत्कालिन नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले बसेका भट्ट यस अघि सचिव थिए ।

dirghayi clinic

भट्ट एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । अध्यक्ष ओलीका विश्वासपात्र भट्टले इन्चार्ज भएपछि सुदूरपश्चिम एमाले तीन गुट बनेका छन् ।

एमालेका निवर्तमान स्थायी कमिटी सदस्य कर्ण थापा एमाले नेतृत्व हस्तान्तरण मुद्दा अघि सार्र्दै महाधिवेशनमा सचिवका उम्मेदवार भएका थिए । सचिवमा पराजित भए पनि थापा केन्द्रिय सदस्य निर्वाचित भएका छन् । थापा बाजुराका हुन् ।

दार्चुलाका गणेश सिह ठगुन्ना, कञ्चनपुरका निरु देबी पाल, कैलालीकी लिला भण्डारी, कैलालीकै झपट बहादुर रावल केन्द्रिय सदस्य निर्वाचित भएका छन् । उनीहरुमध्ये रावल संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यमा पठान सिह बोहरा (डडेल्धुरा), लाल बहादुर थापा (बाजुरा), कृपाराम राना (कञ्चनपुर), झपट बोहरा (अछाम) , लिलाधर भट्ट (बैतडी) र शन्तोष शर्मा थापा (कैलाली) केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

कैलालकी कमला ओली, बझाङ्गका अफिलाल ओखेडा, अछामका यज्ञ बोगटी, बझाङ्गकी आशा बि.क., कञ्चनपुरकी कमला बोहरा, बैतडीका दामोदर भण्डारी बाजुराका सहदेव बोगटी, बझाङ्गका ऐन बहादुर महर, डोटीका चक्र मल्ल, बाजुराका नरेश रोकाया, बझाङ्गकी भागरथी सिंह र बैतडाका गोबिन्द गिरी केन्द्रीय सदस्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...