

महेन्द्रनगर । नेकपा एमाले केन्द्रिय लेखा आयोगको प्रथम पूर्ण बैठक पार्टी केन्द्रिय मुख्यालय च्यासलमा बसेको छ । केन्द्रिय लेखा आयोगका अध्यक्ष प्रा.डा .क पुष्प कंडेलको अध्यक्षता बसेको बैटकमा उपाध्यक्ष घनेन्द्र घिमिरे लगायत केन्द्रीय लेखा आयोग सदस्य लगायत सहभागी भए ।
आयोगका सचिव ईश्वरी प्रसाद खरेलले सञ्चालन गरेको बैठकमा पार्टीको लेखा लगायतका विषयमा विविध निर्णय गरेको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरूलाई निर्वाचित गर्नु हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा आभार व्यक्त गरेको छ ।

पार्टीको विधान, नीति र लोकतान्त्रिक अभ्यास अनुसार सम्पन्न भएको यस ऐतिहासिक महाधिवेशनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जिम्मेवार बनाउने विश्वास लिएको सचिव खरेलले बताए ।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प” “समृद्ध नेपाल, सुखी नेपाली—राष्ट्रिय गन्तव्य” भन्ने पार्टीको मूल नारालाई आत्मसात् गर्दै लेखा आयोगमार्फत पार्टीलाई आर्थिक रूपमा पारदर्शी, अनुशासित र सुदृढ बनाउने दिशामा इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ उनले भने ।
पार्टीको आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्दै संगठनलाई थप विश्वासिलो र बलियो बनाउनु लेखा आयोगको प्रमुख दायित्व रहनेछ। यस क्रममा पार्टी नेतृत्व, निकाय तथा सम्पूर्ण पंक्तिसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
बैठकले पार्टीको सुदृढीकरण, संगठनात्मक मजबुती तथा समाजवाद उन्मुख समृद्ध नेपालको यात्रामा सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेको छ ।
