

महेन्द्रनगर । कञ्चनपुरमा जेन्जी रेड फोर्स गठन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) ले शनिबार दिपेश धामीको नेतृत्वमा पार्टी निकट फोर्स गठन गरेको हो । नेकपाका विद्यार्थी नेता डम्बर कुँबरको प्रमुख आतिथ्यमा भएको भेलाबाट फोर्स गठन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै नेता कुँबरले युवा शक्ति देश विकास र समृद्धिमा लाग्नु पर्ने आवश्यकता भएको औंल्याए ।
समितिमा संयोजक धामी बाहेक सबै सदस्य छन् ।
रेड फोर्सको जिल्ला कमिटीले सदस्य त्रिलोक बोहरालाई फोर्सको भीमदत्त नगर संयोजक र हर्केश विष्टलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
भेलामा जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति मौन धारण गरी श्रद्धाञ्जली दिइएको छ ।
