ghar sansar

निङ्गलाशैनी सहकारीका सदस्यको ऋण आईएमई ईन्स्यारेन्सबाट दाबी भुक्तान

khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफना ऋणी सदस्यहरुको बिमा गर्दा भीमदत्त नगरपालिका ४ बैजनाथ टोलका हरिदत्त मडैको निधन भएपछि उनको नाममा रहेको ऋण रकम एक लाख ९८ हजार रुपैया आईएमई ईन्स्यारेन्स कम्पनीबाट दाबी भुक्तान भएकाकाले उनकी धर्मपत्नि भागरथी देवी मडैलाई हस्तान्तरण गरिएको छ ।

dirghayi clinic

संस्थाकी प्रबन्धक बविता चन्द बमले सहकारीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेकी हुन् । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुको नियमित रुपमा ऋणको बिमा सिटिजन्स ईन्स्यारेन्स कम्पनी तथा आईएमई ईन्स्यारेन्स कम्पनीको सहकार्यमा बिमा गर्र्दै आएको छ ।

संस्थामा नियमित ऋणको माग र निकासीका क्रममा ऋणको म्यादी विमा गर्ने गरेको हुँदा सहकारीका सदस्यको मृत्यु भएमा निजका नाममा रहेको ऋण विमा कम्पनीबाट दाबी भुक्तानी गरिने गरेकोले सम्पूर्ण ऋणीहरुले अनिवार्य रुपमा ऋणको म्यादी विमा गर्नु पर्ने निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले जोड दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...