ghar sansar

दुई दिनमै व्यर्थै बन्यो नेकपाको यो घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले दुई दिन अघि पत्रकार सम्मेलनमा गरेको विभिन्न पार्टीका जिल्ला नेतृत्व गरेका नेता सहित कार्यकर्ता पार्टी प्रवेश गराउने घोषणा दुई दिनपछि निरर्थक बनेको छ ।

नेकपाको झलारीमा हुने एकता सन्देश सभा सम्बन्धि जानकारी दिन होटल ९÷११ मा शनिबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा नेकपा नेता एबम् पार्टी एकता सन्देश सभा मूल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले जिल्ला नेतृत्व गरि रहेका नेता सहितलाई पार्टी गराउने कार्यक्रम भएको जानकारी गराएका हुन् ।

,orning glory badhai

झलारी खुला मञ्चमा सोमबार गरिएको सभामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । उनीहरुमध्ये कुनै पनि जिल्ला तहका नेता कार्यकर्ता छैनन् ।

dirghayi clinic

सभामा एमालेका देवदत्त भट्ट, नारद सुनार, कृष्ण सेरालो, भवानी जोशी, गोपाल दत्त भट्ट, अम्मर बहादुर कार्की, तारा नाथ, दुर्गादत्त भट्ट, दाने सुनार जसिराम टमाटा, खन्डे धानी, जरिराम पन्त, रतनराम पार्की, धौले धामी, लोकेन्द्र तिरुवा, जमुना खडरियाले नेकपा प्रवेश गरेका छन् ।

काँग्रेसका हरि प्रशाद पन्त सहित सुरेशराज पन्त, विशाल चुनारा, कमल प्रशाद उपाध्याय, भुवन बोहरा, खडक बोहरा, चन्द्र प्रशाद जोशी, योगराज विष्ट पार्टी प्रवेश गर्नेमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी.(रास्वपा) भोजरानज जोशी, राम बहादुर साउद, कालुराम चौधरी नाउपा, रमेश सिह राप्रपा र जेनजी युवा दिपेन्द्र लुहार, करन लुहार, चन्द्र पार्की, कृष्ण टमाटा, प्रकास लुहार, दिपक लुहार, नविन चुनारा, भुवन साउद, दशरथ लुहार, हरिराम लुहारले् पनि नेकपा प्रवेश गरेका छन् ।

सभामा नेकपा नेताहरु डा. भीम बहादुर रावल, खगराज भट्ट, भानुभक्त जोशी सहितले उनीहरुलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...