ghar sansar

किस्ता बुझ्न नमानेर एनएमबी बैैंकले यसरी चढाएको थियो झलारीका अजय विकको डेढ करोडको घर ३७ लाखमै लिलाम

little buddha academy
khasi

महेन्द्रनगर । एनएमबी बैंकले लिँदै नलिएको ऋण देखाएर करोडौं मूल्यको घर लिलाम गरेको भन्दै न्याय खोजी गरि रहेका शुक्लाफाँटा नगरपालिका १० का अजय बिकले फेरि अत्तरिया पुगेर बैंक कर्मचारीलाई भेटेका छन् ।

एनएमबी बंैकका अत्तरिया शाखाका गणेश जोशीलाई शुक्रबार विकले धर्मपत्नि ज्ञानु सहित भेटेर समस्या राखेका छन् । उनीहरुसित भेटमा बैंक कर्मचारी जोशीले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको उनीहरुले बताए । ‘हामीले कार्यालयमा गएर फेरि कुरा राख्यौ’ उनले भने ।

,orning glory badhai

उनीहरुसंगै कैललाली केही पत्रकारहरु पनि बैंक कार्यालय पुगेका थिए । विक परिवारसित भेटपछि बैंक कर्मचारी जोशीको अनुहार फेरिएको सहभागीले बताए ।

जोशी सहित बैंक कर्मचारीले विक परिवारले बुझाउन लगेको साँवा ब्याज रकम बुझ्ना अस्वीकार गरी उनको डेढ करोड मूल्यको घर ३७ लाखमा लिलाम गरेका थिए । विक परिवारले आफूले बैंकबाट ३७ लाख रुपैँया लिँदै नदिएको बताउँदै आएका छन् ।

बैंकले नक्कली कागजात बनाएर आफ्नो नाममा ३७ लाख ऋण बनाएर घर लिलाम गरेको बताएका छन् । बिकले बैंकको झलारी शाखाबाट लिएको २९ लाख ५० हजार ऋणमध्ये १० लाख सावा ब्याज चुक्ता भइ सकेपछि केही महिना केही महिना रोकिएको किस्तालाई निहुँ बनाएर लिलाम गरिएको थियो ।

विकले झलारी शाखाबाट लिएको ऋण महेन्द्रनगर शाखाबाट लिएको भन्दै लिलाम सूचना सार्वजनिक भएपछि विक परिवार बैंक कर्मचारी विरुद्ध किर्तेमा मुद्दा दिएका छन् ।

बंैकको अत्तरिया शाखाका कर्मचारी जोशीलाई विकको घर लिलाम गराउने जिम्मा पाएका थिए । जोशीसित विकले ऋण चुक्ताका लागि एक साताको समय माग गरेका थिए । त्यति बेला विक परिवार बैंकको रोृकिएकोृ किस्ता र ब्याज बोकेर प्रदेश कार्यालय पुगेका थिए ।

जोशीले विकलाई आफू विरुद्ध मुद्दा मामिला गर्न भन्दै लिलाम प्रक्रिया थाल्ने धम्की दिएका थिए । बैंकको किस्ता र ब्याज बुझाउन गएका र ऋण चुक्ताको समय माग्दा जोशीले साउँद र अर्का व्यक्तिसित कुरा गर्न लगाएका थिए । त्यसमध्ये साउँदसित विकले कुरा गरेन भने अर्का व्यक्तिसित फोनमा भानाभन भएको थियो ।

बैंक कर्मचारी जोशीले फोन गर्न लगाएका व्यक्तिसित भनाभन भएपछि विकको घर ३७ लाखमा लिलाम गर्न ३५ दिने सूचना सार्वजनिक गरिएको थियो ।

बैंकको अत्तरिया शाखाका कर्मचारी जोशीले केही पत्रकारलाई विक परिवार पैसा बुझाउन नआएको बताएपछि उनीहरु शुक्रबार पत्रकार सहित बैंक कार्यालय पुगेका छन् ।

अजय बिकले झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकबाट २९ लाख ५० हजार घर कर्जा ऋण लिएका थिए ।

बैंकको झलारीस्थित शाखाबाट बैकिङ्ग पूरा गरी विकलाई ऋण दिइएको थियो । पाँच वर्षपछि बैंकले विकको धितो लिलाम गर्दा बैंकको महेन्द्रनगर शाखाबाट २०७५ मा लिएको ३७ लाख ऋण चुक्ता नभएको भन्दै धितो लिलाम गरी अशुली गरिएको थियो ।

बैंकबाट ऋण नलिएको ३७ लाख ऋण अशुलीका लागि करोडौं मूल्यको घर लिलाम भएपछि विक परिवार समस्या परेका छन् । उनी न्यायका लागि प्रहरी, प्रशासन, राजनीतिक दल सबैसित गुहार गर्दै आएका छन् ।

dirghayi clinic

एनएमबी बैंकको झलारी शाखाबाट त्यस अघि २०६६ कार्तिक २० गते विकले कित्ता नं. २०७८, १११८, ५१६ र ३०९१ धितो राखेर ३७ लाख ऋण लिएका थिए । ती चार कित्ता धितोको ऋण २०७८ माघ १७ गते चुक्ता गरेको थियो ।

ऋण चुक्ता अघि बिकले ६१६ नम्बर कित्तामा बनेको घर धितो राखेर २९ लाख ५० हजार ऋण लिएका थिए । बैंकले मालपोतमा धितो रोक्का गराउँदा पनि २९ लाख ५० हजार मूल्यको उल्लेख गरिएको विकले बताए । बैंकले लिलाम गर्दा त्यहीं ऋणलाई ३७ लाख ५० हजार भनेर घर लिलाम गरेको हो ।

‘मैले २०६६ मा लिएको ऋण सबै चुक्ता गरि सके, त्यसपछि ६१६ नम्बरको कित्ता धितो राखेर ऋण लिएको थिए, त्यसको किस्ता र ब्याज गरी मासिक ३७ हजार ५ सय थियो, मैले त्यो रकम पनि २०८० असारसम्म तिरेको छु, २०८० असोज २९ गते बैंकका कर्मचारी मेरो पसलमा आएपछि २ लाख हालेर आए, त्यसपछि फेरि ११ हजार पुगेन भनेर भन्यो, त्यो पनि दिए’ विकले भने,‘त्यो रकम कुन खातामा हाल्यो, के भयो थाह भएन, त्यसको ६ महिनापछि त लिलामी प्रक्रिया नै सुरु गरि हाल्यो ।’

लिलाम प्रक्रिया सुरु भएपछि बैंकको झलारी शाखामा २ लाख नगद र एक लाखको चेक लिएर जाँदा बैंकले नबुझेर धनगढी प्रदेश कार्यालय पठाएको विकले बताए ।

जोशीले कुरा गर्न लगाएको ती अर्को व्यक्तिको नाम विकलाई थाह छैन । विक र ती व्यक्तिको फोनमा भनाभन भएपछि जोशीले मोबाइल खोसेका थिए । विकका अनुसार जोशीले फोन गर्न लगाएका ती व्यक्तिले ऋण तिर्ने तेरो हैसियत छैन भनेपछि भनाभन भएको थियो ।

बैंकमा ऋण चुक्ता गर्न जाँदा झलारी शाखामा खाता बन्द भइ सकेको भन्दै पैसा लिन अस्वीकार गरेको उनी बताउँछन् ।
बैंकले लिलाम प्रक्रिया अघि बढाएपछि विकले बैंकबाट कागजात ल्याएर हेर्दा त्यसमा बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएको उल्लेख भएको खुलेको थियो ।

‘ऋण तिर्छु भन्दाभन्दै पनि जबरजस्ती लिलाम गरेपछि न्याय खोज्दै जाँदा बैंकमा पुगे, बैंकले कागजात दिन मानेन, सबै कागजात केन्द्रीय कार्यालय पठाई सक्यो भन्यो, महेन्द्रनगर शाखाको नाममा ३७ लाखको ऋण भनेपछि शंका लागि सकेको थियो, त्यसपछि वकिल साप कहाँ गयौ, वकिल सापले भनेपछि ती कागजात दिए, त्यसमा हेर्दा त म खसेजस्तै भए’ उनले भने ।

विकले बैंकको झलारी शाखाका तत्कालिन प्रबन्धक गणेश कार्कीलाई समेत भेटेर आफूले ३७ लाख ऋण कसरी आफ्नै नाममा गरिएको भनेर सोधेको बताए ।

तत्कालिन प्रबन्धक कार्की बंैक छाडेर अन्यत्र छन् । बैंकले नक्कली कागजात खडा गरी आफ्नो नाममा ३७ लाख ऋण देखाएर किर्ते गरेको भन्दै विकले बैंक कर्मचारी विरुद्ध किर्ते मुद्दा समेत दायर गरेका थिए ।

बैंकका तत्कालिन प्रदेश कार्यालयका जोशी सहित कर्मचारीले करोडौं मूल्यको घरलाई मिलेमतो गरी लिलाम चढाएको आशंका विक परिवारको छ । बैंकको प्रदेश कार्यालयका कर्मचारी जोशीले बिकलाई गैर बैकिङ्ग क्षेत्रका व्यक्तिसित कुरा गर्न लगाएकाले धितो लिलाममा बदनियतको आशंकालाई बल मिलेको छ ।

‘म बंंैकको ऋणी हुँ, मेरो ऋणका लागि किन अरुसित कुरा गर्न लगाएको हो, यो कुराले मलाई निकै तनाव छ’ उनले भने,‘यसको अर्थ बैंकले मेरो घर लिलाम गर्न पहिला नै मान्छे खोजेर राखेको छ, त्यो मौका हेरी बसि रहेको रहेछ, मैले तिर्छु भनेर लगेको पैसा पनि राखि दिएन ।’

बैंकले लिलाम सकार गरेपछि घर बाटो सिफारिश पनि किर्ते गरेको पाइएको छ । बैंकका कर्मचारी दिपक भट्ट आफैंले वडा कार्यालयमा गएर विक परिवार महेन्द्रनगर भएकाले आउन नसक्ने भन्दै वडाबाट घर बाटो सिफारिश लिएका थिए ।
शुक्लाफाँटा नगरपालिका १० का वडा अध्यक्ष लाल बहादुर ऐरले त्यसको केही दिनपछि बैंक कर्मचारी भट्टले कार्यालयलाई झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै किर्ते गरेको पत्र दिएका छन् ।

विक परिवार न्यायको खोजी गर्न थालेपछि बैंकले लिलाम प्रक्रियामा संलग्न सबै कर्मचारी हेरफेर गरेको छ । प्रदेश कार्यालय जोशी र झलारी शाखाका तत्कालिन प्रमुख छविराज जोशी अन्यत्र शाखा सरुवा गरिएका छन् ।

बैंकको महेन्द्रनगर शाखाका प्रमुख सहितको मिलेमतोमा आफ्नो घर लिलाम गरिएको विक परिवारले बताएका छन् । ‘यो जानाजान गरिएको योजनाबद्ध कार्यमा संलग्न सबैलाई कारवाही होस भन्ने चाहन्छौ’ विकले भने ।

बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुले केही नभएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...