ghar sansar

कञ्चनपुरबाट प्रचण्डकी बुहारीदेखि चर्चित पत्रकार भण्डारी सहित २० जना नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि २० जना उम्मेदवार सिफारिश गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि सिफारिशमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर समेत छिन् । पूर्व मन्त्री मगर कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट सिफारिश गरिएकी छन् ।

,orning glory badhai

मगर सहित कृष्णराज गिरी, जीवनराज थापा, भक्त बहादुर अधिकारी र लोकेन्द्र लम्साल, तिलक भट्ट, दीपक बिसी, मदनसेन बडायक  उम्मेदवार सिफारिश गरिएका छन् । उनीहरुमा मगर, गिरी, अधिकारी र लम्साल साविक माओवादी केन्द्रका हुन् ।

साविक समाजवादीबाट थापा सिफारिश गरिएका छन् । एमालेबाट २०७४ थापा पुनर्वास मेयर भएका थिए। त्यसपछि एमाले छाडेकी उनी समाजवादीको अध्यक्ष थिए ।

मगर २०७०, २०७४ र २०७० मा चुनाव लडेकी छन् । पुनर्वास मगरको माइती घर हो । उनी २०७४ बाहेक अन्य दुई निर्वाचन हारेकी छन् ।

कञ्चनपुर २ बाट अमिन प्रसाद दहित, जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी, माधव प्रसाद पन्त, लाल बहादुर खड्का, हरिश ठकुल्ला कमल क्षेत्री र तोयराज जोशी उम्मेदवार सिफारिश भएका छन् ।

उनीहरुमा दहितm पाण्डेय, जोशी, ठकुल्ला साविक माओवादी र अन्य साविक समाजवादीका हुन् ।

dirghayi clinic

उम्मेदवार सिफारिश खड्का सुदूरपश्चिम सरकारका पूर्व मन्त्री हुन् । यसैगरी महेशदत्त जोशी २०७४ को निर्वाचनमा कञ्चनपुर २(१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

ठकुल्ला २०६५ मा तत्कालिन कञ्चनपुर ४ बाट संविधान सभा सदस्य उप निर्वाचनमा निर्वाचित भएका थिए । त्यस अघि निर्वाचनमा भने उनी काँग्रेस सभापति शेर बहादुर देउवासित पराजित भएका थिए ।

सुदूरपश्चिम सरकारका पूर्व मन्त्री मान बहादुर सुनार र वरिष्ठ पत्रकार एबम् प्रशिक्षक खेम भण्डारी कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश भएका छन् ।

भण्डारी र सुनार यस अघि २०७४ मा तत्कालिन एमाले माओवादी गठबन्धनबाट कञ्चनपुर ३(२) प्रदेश सभा सदस्यका लागि सिफारिश भएका थिए । गठबन्धनमा प्रदेश सभा माओवादी केन्द्रको भाग परेपछि सुनार चुनाव लडेर निर्वाचित भएका थिए ।

सुनार र भण्डारीसंगै दीपक सिंह साउद, राजीव दमाई र हरक सिंह धामी सिफारिश भएका छन् ।

सुनार, साउँद र दमाई साविक माओवादी केन्द्रका हुन् । त्यस बाहेक भण्डारी र धामी साविक समाजवादीबाट सिफारिशमा परेका हुन् ।

धामी २०७४ को निर्वाचनमा एमालेबाट भीमदत्त नगरपालिका ६ को वडा अध्यक्ष निर्वाचित भएका थिए । एमाले छाडेर समाजवादी भएपछि उनी पार्टीको केन्द्रीय लेखा आयोग सदस्य थिए ।

यस अघि समानुपातिक बन्द सूचीका लागि आदिवासी जनजातिबाट देवीलाल चौधरी, वीरबहादुर बुढाथोकी, रामऔवतार राना, नन्दकुमार राना, महिलाबाट माया नेगी, निराशा चौधरी, हिरा भण्डारी, निरुदेवी कामी, दलितबाट प्रताप तिरुवा, पदम राना (वादी) सहित रूपबहादुर शाही, लक्ष्मण कुमाललाई सिफारिस गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...