
१० वर्षकै उमेरमा चिया बेचेर व्यवसायमा होमिएका प्रदिप पाल, लड्दै छन् कञ्चनपुर उद्योग बाणिज्य संघको कोषाध्यक्षमा


महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औंं कार्य समिति निर्वाचनमा शनिबार कोषाध्यक्ष र सदस्यका लागि मतदान हुँदैछ । कोषाध्यक्षमा प्रदिप पाल र सिद्धराज भट्ट चुनावी मैदानमा छन् । पाल संघको वर्तमान र भट्ट पूर्व सदस्य हुन् ।
संघको पदाधिकारीमा सहमति भएपछि कोषाध्यक्षमा सहमति गराउन धेरै दिन प्रयास गरिएको थियो । कोषाध्यक्षका उम्मेदवार मिनराज भट्टले उम्मेदवारी फिर्ता लिएपछि पाल र भट्ट प्रतिस्पर्धामा छन् ।

कोषाध्यक्षका उम्मेदवार पालले सबै मतदातासम्म पुगेर चुनावमा सहयोगमा आग्रह गरेका छन् । सबै क्षेत्रका मतदातासम्म पुगेका उनले सहयोगमा आश्वासन पाएका छन् ।
मतदाताले दिएको आश्वासनले उनी उत्साहित छन् । ‘मैले जिल्लाभरका सबै सदस्य व्यवसायीहरुसित भेट गरी सहयोगको लागि आग्रह गरेको छु, सबैबाट राम्रो आश्वासन पाएको छु’ पालले भने,‘संघमा युवालाई ल्याउनु पर्छ भन्ने भावना छ, सबैसित भेटघाटमा राम्रो रेन्पोन्स पाएको छु ।’
पालले संघको कोषाध्यक्ष मजबुत बनाउने, व्यवसायीलाई संगठित गर्ने, व्यवायिक हकहितका लागि सक्रिय रुपमा लाग्ने, पुराना व्यवसायीलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने लगायतका व्यवसायिक हकहितका एजेण्डा अघि सारेका छन् ।
कोरोना महामारीपछि व्यापार व्यवसाय धराशायी भएकाले व्यवसायीको मनोबल उकास्नु र विदेश पलायल रोक्नु पर्ने प्रमुख चुनौती भएको उनले बताए । संघको पदाधिकारी भएपछि पयालन रोक्न र कोरोनापछि धराशायी व्यवसाय उकास्न भूमिका खेल्ने पाल बताउँछन् ।
‘संघको सदस्यको हैसितयमा म सधैं व्यवसायिक हकहित र अधिकारका लागि सधैं वहाँहरुसित नै हुनेछु’ उनले भने ।

संघको १७ र्औ कार्य समिति निर्वाचनबाट सदस्य भएका उनी सानैदेखि व्यापार व्यवसाय आवद्ध भएका हुन् । २०७४ मा संघको सदस्यता लिएका उनी प्र्रदिप ट्रेडर्सका सञ्चालक हुन् । कार्य समिति सदस्यपछि उनी संघको कोषाध्यक्षका लागि चुनावी मैदानमा छन् ।
बेदकोट नगरपालिका ९ सुन्दरपुरका पाल सानैदेखि व्यवसाय गर्ने सोचले अघि बढेका हुन् ।
पालका बुवा मान सिह पालको तत्कालिन रौतेली विचवा गाविसको अण्डैया पटैयामा चिया र किराना पसल थियो । पालको जन्म अण्डैया पटैयामा भएको थियो ।
पालले १० वर्षको उमेरमा बुवामा चिया पसल चिया बेच्न थालि सकेका थिए ।
‘बुवाको चिया पसल र किराना थियो गाउँमा, त्यहीं बेलादेखि म व्यवसायमा जोडि सकेको थिए, मैले १० वर्षको उमेरमा चिया बेचेको थिए ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज(तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा पाल परिवार विस्थापित भएर बेदकोट पुगेको थियो । पाल परिवारले अझैसम्म पनि जग्गा सट्टाभर्ना पाउन सकेका छैनन् ।
पाल आफू आरक्ष पीडित भएको बताउँछन् । पाल भने बस्ती विस्थापित हुन अघि अध्ययनका लागि महेन्द्रनगर आएका थिए । कक्षा ६ बाट पालले भीमदत्त नगरपालिका १२ स्थित पूर्णा माध्यमिक विद्यालयमा पढेका थिए ।
पाल व्यवसाय बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । पालले नेपाली उत्पादनलाई भारतमा बजारीकरण पुगाउन योगदान पुगाएका छन् । उनले डोटीको विपि नगरको अदुवालाई भारत पुगाएर बजारीकरण गरेका थिए ।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुगाउन सके आर्थिक समृद्धि हुने उनी बताउँछन् ।
