
ब्रह्मदेबको सिद्धनाथ मन्दिरमा भण्डारा लगाएर ऐठपुरका युवा तेज प्रकाश भट्टले खुवाए पाँच हजार दर्शनार्थीलाई भोजन


महेन्द्रनगर । भीमदंत्त नगरपालिका ९ ब्रह्मदेब स्थित सिद्धनाथ मन्दिरमा दर्शनार्थीहरुका लागि भण्डारा लगाइएको छ । पूर्णागिरी माताका दर्शन गरी आएका दर्शनार्थीहरुलाई भण्डारा लगाएर भोजन खुवाइएको छ ।
भीमदत्त नगर पालिका ६ ऐठपुरका युवा तेज प्रकाश भट्टले भण्डारा लगाएका हुन् । हरेक बर्ष अङ्ग्रेजी नया बर्षको पहिलो दिन मन्दिरको ढोका खुल्ने गर्छ । सोहि अवसरमा पूर्णागिरीका दर्शानाथी सिद्धनाथ बाबाको दर्शनका लागि आउने गरेका छन् ।


पाच हजार दर्शनार्थीले भण्डारामा भोजन खाए । भण्डारामा छोले र पुरी खुवाइएको छ ।
बिहिबार बिहाण १० बजेदेखि साझ ५ बजेसम्म भण्डारा संचालन गरिएको छ । साढे तीन क्विन्टल आटा, ७८ लिटर तेल, अढाई क्विन्टल आलु र ५० किलो चना खपत भएको भट्टले बताए ।
मन्दिरमा ३० हजार दर्शनार्थी आएको समितिले जानकारी दिएको छ । मन्दिरमा फागु पूर्णिमादेखि तिन महिने मेला लाग्ने गर्छ ।
भण्डाराको संयोजन काव्या भट्टले गरेकी हुन । एसपी बडु, महाबिर चन्द र उपेन्द्र भट्टले व्यवस्थापनमा सहयोग गरेका छ्न । निरन्जन बम, मोहित पन्त, सुनिल सिलाल, धन सिंह ठगुन्ना, देबकी जोशी, प्रतिपाल सिंह, तेज पाल राठौर र पङकज जोशीले सहयोग गरेका छन् ।
